माडी नगरपालिकामा अनिश्चितकालिन धर्ना ।।

 

सुवास लामिछाने रेडियो माडी चितवन

बस्ती व्यवस्थापन एवं संघर्ष समिती बाँदरझुल्ला चितवनले माडी नगरपालिकामा अनिश्चितकालिन धर्ना गरेका छन् । आज नगरउपप्रमुख तारा कुमारी काजी महतोलाई ज्ञापन पत्र बुझाउदै संघर्ष समितीका अध्यक्ष राजकुमार प्रजाले समस्या सामाधान नभएसम्म आन्दोलन जारी राखिने जानकारी दिनुभयो । बस्ती व्यवस्थापन एवं संघर्ष समिती बाँदरझुल्ला चितवनले वन तथा बस्तीको सीमा छुट्याई विद्युतिय तारबार(सोलार फेन्सिङ) लगाइनु पर्ने ,बस्तीमा बग्ने ठाडा खोलाहरुमा तटबन्धन गरी बस्तीको संरक्षण गरिनु पर्ने,यातायातका साधनहरु बस्तीमा सञ्चालन हुनु पाउनु पर्ने र बगहीदेखि कुसुमखोला हुँदै बाँदरझुल्ला जाने बाटो डोजर बाटो लगाएर बनाइनु पर्ने लगायतका मागहरु राखेको संघर्ष समितीमा सचिव मोहन स्याङयतानले जानकारी दिनुभयो । जसका कारण माडी नगरपालिकाको कामकाज ठप्प भएको छ ।