माडी नगरपालिका क्षेत्रमा कृषिको सम्भावना वढदो ।।

 

सुवास लामिछाने

पर्यापर्यटन,कृषि पशुपालनमा उत्थान गदै लैजाने हो भने माडी नगरपालिकामा राम्रो आम्दानीको श्रोत वन्ने किसानहरुले वताएका छन् । हाल माडी क्षेत्रवाट दैनिक २५ सय लिटर देखि ३ हजार लिटरसम्मको दुध सदरमुकाम भरतपुर निर्यात हुने गरेको छ । राष्ट्रिय व्यवासयिक पशुपालन तथा दुध उत्पादक कृषक ंसमाज नेपालको माडीमा व्यवासयिक पशुपालनको सम्भावना चुनौति र सरोकारवाला निकायको भुमिका कार्यक्रमको पुर्व सन्ध्यामा वोल्दै  दुग्ध व्यवसायी ओमनाथ पाण्डेले कृषकका औजारहरु र माडीका  नमुना कृषकहरुको भिडियो समेत प्रर्दशन गरिने वताउनुभयो । माडी भरिका ३ सय कृषकहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिने साथै सोहि कार्यक्रममा २० भन्दा वढी माउ वाख्रा पालन गर्ने कृषक तथा १० भन्दा वढी गाई भैसी पालन गर्ने कृषकहरुलाई सम्मान गरिने पाण्डेले वताउनुभयो । नेपाल कृषि प्रधान देश हुदाहुदै पनि कृषि क्षेत्रमा नेपाल धेरै पछाडी परेको र यसलाई जोगाईराख्न माडीका किसानहरु संगठित रुपमै लागिपर्ने अध्यक्ष सुर्य प्रसाद भुसालले जानकारी दिनुभयो । ३ लिटर दुध वेचेर सुरुवात गरेका किसान रुद्र प्रसाद रेग्मीले हाल ५५ लिटर सम्म दैनिक रुपमा दुध वेच्ने गरेको वताउनुभयो । फागुन ४ गते शुक्रवार हुने कार्यक्रममा दुग्ध विकास वोर्ड नेपालका कार्यकारी निर्देशक बाबुकाजी पन्त,दुग्ध विकास संस्थानका सह प्रमुख राजेन्द्र अधिकारी,माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाल,बन तथा कृषि विश्वविधालय रामपुर भेटनरी विभागका प्रमुख शारदा थपलिया,दुग्ध सहकारी संस्था तथा अन्नपृर्ण दुग्ध सहकारी संस्थाका केन्द्रीय सदस्य भागिरथ तिमिल्सिना राष्ट्रिय व्यवासायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरे,राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका शंकरराज पन्तको लगायतको सहभागिता रहने छ ।