About Us

चितवनको माडी स्थित बसन्तपुरमा स्थापित भई अत्याधुनिक ट्रान्समिटरद्वारा भू–सतहबाट १२५ फिट उचाइमा रहेका फोर बे ब्रोडव्यान्ड एन्टेना मार्फत निरन्तर प्रसारण हुँदै आएको रेडियो माडी एफ.एम. १०७ दशमलव ६ मेगाहर्ज दिवाकर सञ्चार केन्द्र माडीद्वारा सञ्चालित भई सम्पूर्ण माडीबासीको अपनत्व रहेको एक साझा तथा नमुना सामुदायिक प्रसारण संस्थाका रुपमा ग्रामिण सचेतक, सामाजिकीकरणकर्ता र सुचना, समाचार तथा मनोरञ्जनको पर्यायका रुपमा स्वदेशदेखि प्रवाससम्म परिचित छ ।

मुलतः माडी क्षेत्रका श्रोता केन्द्रित स्थानिय रेडियोका रुपमा सञ्चालित रहेपनि चितवन र नवलपरासी क्षेत्र संगै गोर्खा, तनहुँ, पाल्पा र पर्सा लगायतका एक दर्जन नेपाली जिल्लाहरु र भारत विहारका पुर्वी तथा पश्चिम चम्पारणका अधिकांश भुभाग समेत यसको प्रसारण र श्रवण क्षेत्र रहेको विविन्न निकायहरुले गरेका सर्वेक्षण र रेडियोको श्रोता सहभागिताले देखाएको छ । त्यसको अलावा इन्टरनेट अनलाइनका थुप्रै वेवसाइटसंगै आफ्नै एण्ड्रोइड एप्लिकेशन तथा हाम्राे पात्राे लगायतका विभिन्न एण्ड्रोइड, विण्डोज एवं आइफोन एप्सहरुमार्फ विश्वभर सुन्न सकिने यस रेडियो नेपालका सामुदायिक रेडियोहरुमध्ये सर्वाधिक भाषाहरुमा कार्यक्रम उत्पादन र प्रसारण गर्ने रेडियोको रुपमा चिनिएको छ । आफ्नो प्रसारण क्षेत्रमा रहेका न्यूनतम् निम्न माध्यमिक तहसम्म अध्यापन हुने बिद्यालयहरुदेखि उच्च माध्यमिक शैक्षिक संस्था र क्याम्पसमा समेत रेडियो माडी शिक्षा क्लबहरु स्थापित र निरन्तर क्रियाशील रहेको अवस्थासंगै रेडियोको साझेदारीमा विभिन्न संघसंस्था र निकायहरुद्वारा फरकफरक कार्यक्रमहरु सञ्चालित समेत रहेका छन् । विकास, पर्यटन र वातावरण पत्रकारिताको उत्कृष्ट नमुनाका रुपमा सम्पूर्णतः स्थानीय जनशक्तिवाट सञ्चालित हुनु तथा ग्रामिण एवं दमित आवाज मुखरित गर्नु रेडियो माडीका विशेषताहरु हुन । बिजुली बिस्तार भइनसकेको स्थान माडीमा स्थापित सामुदायिक रेडियो माडी जेनेरेटर प्रविधी र सौर्यउर्जाबाट सञ्चालित छ । आफ्नो प्रसारण क्षेत्रमा रहेका समस्या तथा विवादहरु समाधानका लागि निरन्तर मध्यस्तकर्ताको भूमिका समेत निभाउँदै र शुसाशनको महत्वपूर्ण अंगका रुपमा निरन्तर क्रियाशील रहेको रेडियो माडी दृष्टिविहीन सञ्चारकर्मीले ब्रेल लीपिमार्फत समाचार वाचन हुने प्रसारण केन्द्रका रुपमा समेत विश्वभरी चर्चाको बिषय बनिरहेको छ ।

आफ्नै उत्पादनमा माडी खवर, खबर अपडेट, समय सन्दर्भ, प्रान्तीय खबर आदिजस्ता समाचार तथा विचारमुलक कार्यक्रमहरु तथा स्वस्थ जीवन, सामुदायिक चौतारी, ज्ञान विज्ञान, कृषि सन्देश, प्रवासीको सन्देश, आत्म–कथा, संरक्षण सन्देश, बनकिरया, साहित्य सरोबर आदिजस्ता सुचना तथा चेतनापरक रेडियो कार्यक्रमहरु प्रसारण गर्दै आइरहेको यस रेडियोले उज्यालो ९० नेटवर्क तथा ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनद्वारा उत्पादित कायाकैरन, नेपाल दर्पण, नेपाल खबर तथा बि.बि.सी. नेपाली जस्ता लोकप्रिय समाचार कार्यक्रम प्रसारण गर्ने गर्दछ । रेडियो माडीद्वारा उत्पादित रेडियो कार्यक्रम ‘बहकिने मन’ सिआईएनको भूउपग्रहमार्फत देशभरीका ९० वटाभन्दा धेरै रेडियोहरुबाट प्रसारण भएको थियो भने हाँस्यव्यङ्ग्यात्मक कार्यक्रम ‘यसमै छ मजा’ देशभरका २२ वटा रेडियोहरुबाट प्रसारण हुने गरेका छन् । यसैगरी श्रोताका चाहना र रुची अनुसारका सांगितिक, साहित्यिक, फोन इन तथा लोककल्याणकारी कार्यक्रमहरु सामयिक रुपमा बज्ने यस रेडियोले आफूलाई एक परिमल स्थानिय सामुदायिक रेडियोका रुपमा स्थापित गरेको छ । रेडियोको बृहद सदस्य सञ्जाल अनि यसका साथी व्यवसाय, संस्था तथा निकाय र प्रतिष्ठानहरुका कारण यो समाजको एक महत्वपूर्ण हिस्साका रुपमा स्वीकारिएको पनि छ ।

सामुदायिक रेडियो माडीमा स्टेसन प्रबन्धक तथा निर्देशकका रुपमा देव ‘अञ्जान’ शाह कार्यरत हुनुहुन्छ भने लेखा, बजार तथा प्रशासन विभाग प्रमुखका रुपमा मीरा रानाभाट ‘सिञ्चल’ सेवारत हुनुहुन्छ । त्यसैगरी सरिता महतो ‘अपेक्षा’ – कार्यक्रम विभाग प्रमुख, नेत्र प्रसाद आचार्य – समाचार प्रमुख, किशोर पौडेल – प्रबिधी प्रमुख र जीवन रानाभाट – उत्पादन प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ । अन्य सञ्चारकर्मीहरुमा भूपराज पाठक,  प्रीति पाखरेल, रञ्जना गुप्ता, अशोक परियार, प्रेक्षा भुसाल, श्रीकान्त अधिकारी, केशव रानाभाट, सुरज क्षेत्री, सुजन काफ्ले र बिन्दा पावे  कार्यरत हुनुहुन्छ । त्यसैगरी विषय बिज्ञताका कोणबाट विशेष रेडियो कार्यक्रम उत्पादन तथा सञ्चालन गर्नेगरी अतिथी सञ्चारकर्मीका रुपमा टेकनारायण पाठक जोडिनुभएको छ । रेडियोमा जिल्ला सदरमुकाम भरतपुर सम्वाददाता तथा बजार प्रतिनिधीका रुपमा सुरेन्द्र पौडेल र काठमाडौं प्रतिनिधीका रुपमा राम कुमार शाह तथा कार्यालय सहयोगीका रुपमा पूर्णकला भुसाल समेत कार्यरत हुनुहुन्छ ।

staff

Radio Madi 107.6 MHz is the first and only broadcast media organization established in Madi, the beautiful and rural ecological valley of Chitwan (Nepal). The station is located in mid of the Basantapur Bajar, the heart of Madi Municipality. It has been transmitting community news bulletins; informative and awareness programs; current affair shows; entertainment, musical, phone-in and interview based programs and much more for last four years.

The station is peculiar among its kind in Nepal for its management structure, public support and listenership, school radio clubs, local and dedicated journalist, use of language and variety of programs it transmits. It has already hosted various live reality shows, grand Madi Mahotsav, several cultural and musical competitions and numbers of public hearing programs. The station has been awarded for its contribution on their respective fields by the GON – Ministry of Agriculture, District Education Office Chitwan, First Madi Mahotsav, Community Health Center, Basantapur United Club and many more. During the days the station is assumed by all as the complete voice of Madi valley.

The station has been managed and run by a highly professional team of journalists and media professionals, headed by Mr. D. N. Shah, a Master’s Degree holding fellow on Mass Communication and Journalism. Finance and marketing depart of the station has been administered by Miss. Meera Ranabhat & Mrs. Apekshya Chaudhary. Technical sector has been managed by Mr. Kishore Paudel and Mr. Jeevan Ranabhat. News Desk has been run by Mr. Netra Prasad Acharya and Miss. Preety Pokhrel. Number of local journalists and other staffs are working on various duties and designations on the station. Correspondents or news reporters of Radio Madi are scattered nationwide and few volunteer presenters have been assisting on some typical programs.