माडी सामुदायिक सुचना केन्द्र (टेलिसेन्टर) तथा पुस्तकालय सञ्चालन

माडी सामुदायिक सुचना केन्द्र (टेलिसेन्टर) तथा पुस्तकालय सञ्चालन

सामुदायिक रेडियो माडीले रेडियो प्रसारणका अलावा हाल माडी सामुदायिक सुचना केन्द्र (टेलिसेन्टर) तथा पुस्तकालयको नाउँबाट सुचना प्रबिधी केन्द्र स्थापना गरी माडी क्षेत्रकै उच्च गतिको इन्टरनेटमार्फत मुनाफारहित तवरले इमेल, इन्टरनेट चलाउने सेवा; स्काइप, भाइबर र लाइनमार्फत अडियो भिडियो कुराकानी र कन्फरेन्स र फोटोकपी, प्रिन्ट, स्क्यानिङ लगायतका सेवा प्रदान गरिरहेको छ । माडी सामुदायिक टेलिसेन्टरले स्थानीय शिक्षकहरुलाई शैक्षिक सामग्री तयार गर्न, बिद्यार्थीहरुलाई प्रोजेक्ट वर्क तयार गर्न तथा नवीन कुराहरु सिक्न कम्प्युटर तथा इन्टरनेट सेवा उपलब्ध गराएको छ भने अन्य हरेक उमेर समुहका माडीबासीहरुलाई सुचना प्रबिधिसंग जोडेको छ । माडीमा रहेका हजारौं परिवारजनलाई प्रवास तथा बाहिर रहेका परिवार सदस्यसंग सचित्र एवं सदृश्य जोड्न र माडीको बसाईमा रहेका स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई बाहिरी संसारसंग जोडिन माडी सामुदायिक टेलिसेन्टर तथा पुस्तकालय सफल रहेको छ ।

रेडियो माडी मा कार्यरत सञ्चारकर्मीहरुलाई गुणस्तरीय कार्यक्रम उत्पादनमा सघाउन तथा अन्य पाठकहरुलाई वृत्तचित्र, विभिन्न श्रव्य दृश्य सामग्रीहरु तथा पुस्तक जुटाउन सामुदायिक सुचना केन्द्र तथा पुस्तकालय सहायक बनिरहेको छ । मुख्यतः डिजिटल एवं अडियो भिडियो सामग्रीहरुको माग र सान्दर्भिकता मनन गरी मल्टिमिडिया लाइब्रेरीको रुपमा विकास हुँदै गएको उक्त पुस्तकालयले हाल सयौं पाठक तथा सेवाग्राहीहरुलाई निःशुल्क सेवा उपलब्ध गराइरहेको पनि छ । त्यसैगरी फेसबुक र माडी खबर अनलाइनसंगको सहकार्यमा वेवसाइटमार्फत माडीको खरब र बिचार देशभर तथा विश्वभर पु¥याउन डिजिटल पत्रिका सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तरगत आगामी दिनमा स्थानीय निकाय र संघसंस्थाहरुसंगको सहकार्यमा रेडियो माडीले आफ्नो प्रसारण केन्द्रलाई टेली हबको रुपमा विकास गरी टेलिशिक्षण, टेलिमेडिसिन तथा स्थानीय उत्पादनहरुको अनलाइन खरिदबिक्रीका लागि टेलिमार्केट सेवा स्थापनाको तयारी समेत गरेको छ ।