विभिन्न प्रकृतिका रेडियो कार्यक्रम र सामग्रीहरुको उत्पादन तथा प्रसारण

विभिन्न प्रकृतिका रेडियो कार्यक्रम र सामग्रीहरुको उत्पादन तथा प्रसारण

आफ्नै उत्पादनमा माडी खवर, खबर अपडेट, समय सन्दर्भ, प्रान्तीय खबर आदिजस्ता समाचार तथा विचारमुलक कार्यक्रमहरु तथा नागरिक सरोकार, जलबायु परिवर्तन, संरक्षण सन्देश आदिजस्ता सुचना तथा चेतनापरक रेडियो कार्यक्रमहरु प्रसारण गर्दै आइरहेको यस रेडियोले उज्यालो ९० नेटवर्क तथा ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनद्वारा उत्पादित कायाकैरन, नेपाल दर्पण, नेपाल खबर तथा बि.बि.सी. नेपाली जस्ता लोकप्रिय समाचार कार्यक्रम प्रसारण गर्ने गर्दछ । त्यसैगरी श्रोताका चाहना र रुची अनुसारका सांगितिक, साहित्यिक, फोन इन तथा लोककल्याणकारी कार्यक्रमहरु सामयिक रुपमा बज्ने यस रेडियोले छोटो समयमै आफूलाई एक परिमल स्थानिय सामुदायिक रेडियोका रुपमा स्थापित गरेको छ ।

मुलतः माडी क्षेत्रका श्रोता केन्द्रित स्थानिय रेडियोका रुपमा सञ्चालित रहेपनि चितवन, नवलपरासी र पाल्पा क्षेत्र लगायतका एक दर्जन नेपाली जिल्लाहरु र भारत विहारका पुर्वी तथा पश्चिम चम्पारणका अधिकांश भुभाग र इन्टरनेट अनलाइनका थुप्रै वेवसाइटहरु र मोबाइल एप्लीकेशनहरु मार्फत विश्वभर सुन्न सकिन्छ । रेडियोको बृहद सदस्य सञ्जाल अनि यसका साथी व्यवसाय, साथी संस्था तथा साथी निकाय वा प्रतिष्ठानहरुका कारण यो समाजको एक महत्वपूर्ण हिस्साका रुपमा स्वीकारिएको पनि छ ।

हामीले विभिन्न सामाजिक संघसंस्था, सरकारी अर्धसरकारी तथा गैरसरकारी निकायहरु एवं विविध दवाव समूह, अभियान तथा सामाजिक जनजागरण तथा सुचना र समाचार केन्द्रीत कार्यक्रम सञ्चालन गरिआएका पक्षहरुसंग सहकार्य एवं समन्वय गरी विभिन्न भाषाहरुमा रेडियो कार्यक्रम उत्पादन तथा सह–उत्पादन गरिआएकोमा उपरोक्त कुनै पनि पक्षसंग काम गर्न उत्साहित छौं । एक विशिष्ठ सामुदायिक रेडियोका रुपमा आफ्नो मर्यादा र धर्म ख्याल राख्दै हामी विभिन्न स्वदेशी उत्पादक तथा व्यापारीहरुको व्यवसाय प्रबर्द्धनात्मक प्रायोजित (मनोरञ्जनात्मक) रेडियो कार्यक्रमहरु समेत उत्पादन र प्रसारण गर्छौ ।