Official Updates

रेडियो माडीको व्यवस्थापन समिति अध्यक्षमा बराल र निर्देशकमा शाह चयन

रेडियो माडीको व्यवस्थापन समिति अध्यक्षमा बराल र निर्देशकमा शाह चयन

सामुदायिक रेडियो माडी एफ. एम. १०७.६ मेगाहर्ज, माडीको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशनले सुमन शर्मा बरालको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति चयन गरेको छ । नवगठित कार्यसमितिको सदस्य–सचिवमा देव नारायण ‘अञ्जान’ शाह चयन हुनुभएको छ भने १७ सदस्यीय कार्यसमितिका सदस्यहरुमा धर्मलाल देवकोटा, चन्द्रमणी महतो, यमकुमार ल्वागुन, मान बहादुर विष्ट, सुर्य प्रसाद पाठक, केशव रानाभाट, अस्मिता चौधरी, विष्णु क्षेत्री, शुभद्रा शर्मा, रामकृष्ण क्षेत्री, सुरज अधिकारी, कुबिजा पोख्रेल, रोहित महतो, चन्द्र प्रसाद सुवेदी र हरिकृष्ण लामिछाने चुनिनुभएको छ । साधरणसभाले निवर्तमान अध्यक्ष क्षितिज लामिछानेलाई बिदाई गरेको छ भने देव ‘अञ्जान’ शाहले पेश गर्नुभएको प्रगति प्रतिबेदन तथा अस्मिता चौधरीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

साधारणसभाको उद्घाटन समारोहको उद्घाटन रेडियोका संरक्षकहरु सन्देश पौडेल, तीर्थराज भुसाल र ऋषिराम काफ्लेले मैनबत्ती बालेर गर्नुभएको थियो भने कार्यक्रममा रेडियोका संस्थापक, संरक्षक र सल्लाहकारहरुलाई सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरिएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै संरक्षक तीर्थराज भुसालले माडीको बिकासमा रेडियो माडीको ठूलो योगदान रहेको बताउनुभयो भने अर्का संरक्षक सन्देश पौडेलले नयाँ माडीको निर्माण र त्यहाँको सम्रग रुपान्तरणमा मिडियाको क्षेत्रबाट रेडियो माडीले पु¥याएको योगदानको प्रसंशा गर्नुभएको थियो ।

उद्घाटनसत्र सकिएपश्चात सुरु भएको बन्दसत्रको अध्यक्षता धर्मलाल देवकोटाले गर्नुभएको थियो भने अन्य सदस्यहरुमा चन्द्रमणी महतो, बिष्णु क्षेत्री र यमकुमार ल्वागुन रहनुभएको थियो । अध्यक्ष मण्डलले बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि नवगठित कार्यसमितिलाई रेडियोका सल्लाहकार ओवनाथ पाण्डे र संरक्षक ऋषिराम काफ्लेले शुभकामना तथा सुझाव मन्तब्य दिनुभएको थियो ।

यसैबिच रेडियो माडीको नयाँ कार्यसमितिका अध्यक्ष सुमन बरालले समापन तथा प्रतिबद्धता मन्तव्य व्यक्त गदै रेडियोको थप संबृद्धि र विकासमा दत्तचित्त भई लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नवगठित कार्यसमितिको पहिलो बैठक देव ‘अञ्जान’ शाहलाई निर्देशक चयन गदै टुङ्गिएको थियो ।

(अपेक्षा चौधरी, २०७० पौष १०)

Community Radio Madi

December 25th, 2013

No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *