Services

विभिन्न प्रकृतिका रेडियो कार्यक्रम र सामग्रीहरुको उत्पादन तथा प्रसारण

आफ्नै उत्पादनमा माडी खवर, खबर अपडेट, समय सन्दर्भ, प्रान्तीय खबर आदिजस्ता समाचार तथा विचारमुलक कार्यक्रमहरु तथा नागरिक सरोकार, जलबायु परिवर्तन, संरक्षण सन्देश आदिजस्ता सुचना तथा चेतनापरक रेडियो कार्यक्रमहरु प्रसारण गर्दै आइरहेको यस रेडियोले उज्यालो ९० नेटवर्क तथा ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनद्वारा उत्पादित कायाकैरन, नेपाल दर्पण, नेपाल खबर तथा बि.बि.सी. नेपाली जस्ता लोकप्रिय समाचार कार्यक्रम प्रसारण गर्ने गर्दछ । त्यसैगरी श्रोताका चाहना र रुची अनुसारका सांगितिक, साहित्यिक, फोन इन तथा लोककल्याणकारी कार्यक्रमहरु सामयिक रुपमा बज्ने यस रेडियोले छोटो समयमै आफूलाई एक परिमल स्थानिय सामुदायिक रेडियोका रुपमा स्थापित गरेको छ ।

मुलतः माडी क्षेत्रका श्रोता केन्द्रित स्थानिय रेडियोका रुपमा सञ्चालित रहेपनि चितवन, नवलपरासी र पाल्पा क्षेत्र लगायतका एक दर्जन नेपाली जिल्लाहरु र भारत विहारका पुर्वी तथा पश्चिम चम्पारणका अधिकांश भुभाग र इन्टरनेट अनलाइनका थुप्रै वेवसाइटहरु र मोबाइल एप्लीकेशनहरु मार्फत विश्वभर सुन्न सकिन्छ । रेडियोको बृहद सदस्य सञ्जाल अनि यसका साथी व्यवसाय, साथी संस्था तथा साथी निकाय वा प्रतिष्ठानहरुका कारण यो समाजको एक महत्वपूर्ण हिस्साका रुपमा स्वीकारिएको पनि छ ।

हामीले विभिन्न सामाजिक संघसंस्था, सरकारी अर्धसरकारी तथा गैरसरकारी निकायहरु एवं विविध दवाव समूह, अभियान तथा सामाजिक जनजागरण तथा सुचना र समाचार केन्द्रीत कार्यक्रम सञ्चालन गरिआएका पक्षहरुसंग सहकार्य एवं समन्वय गरी विभिन्न भाषाहरुमा रेडियो कार्यक्रम उत्पादन तथा सह–उत्पादन गरिआएकोमा उपरोक्त कुनै पनि पक्षसंग काम गर्न उत्साहित छौं । एक विशिष्ठ सामुदायिक रेडियोका रुपमा आफ्नो मर्यादा र धर्म ख्याल राख्दै हामी विभिन्न स्वदेशी उत्पादक तथा व्यापारीहरुको व्यवसाय प्रबर्द्धनात्मक प्रायोजित (मनोरञ्जनात्मक) रेडियो कार्यक्रमहरु समेत उत्पादन र प्रसारण गर्छौ ।

विभिन्न सुचना, सन्देश तथा व्यवसायिक विज्ञापनहरुको उत्पादन र प्रसारण

रेडियो माडीले विज्ञापनदाताको उत्पादन, सेवा वा व्यापारलाई वृहद श्रोतासमक्ष लैजान विज्ञापकको माग वा आग्रह अनुसारका उच्चस्तरीय र श्रुतिमधुर आकर्षक रेडियो सन्देशहरु उत्पादन गर्दछ । यहाँ उत्पादित विज्ञापनहरु अन्य रेडियो स्टेसनहरुबाट समेत वज्ने गरेका छन् । हामी विभिन्न विज्ञापन एजेन्सी वा विज्ञापनका लागि विज्ञापन उत्पादन मात्रै गरिदिने सेवा प्रदायक पनि हौं । रेडियो माडीबाट सन्देश, सुचना वा सन्देश प्रसारण गरी आफ्नो व्यापार, उत्पादन वा सेवाका बारेमा सम्बन्धित उपभोक्ता वा सेवाग्राहीलाई जानकार गराउन तपाईंले रेडियोको वेवसाइट अन्तरगत यसै पृष्ठमा राखिएको प्रस्तावना पत्र डाउनलोड गरी प्रिन्ट गरेर आवश्यक विवरण भरी रेडियोको पत्राचार ठेगानामा प्रेषण गर्न सक्नुहुन्छ वा विवरण भरिएको पृष्ठलाई स्क्यानिङ् गरी इमेल समेत गर्न सक्नुहुनेछ । कुनैखाले प्राविधिक कठिनाई आइपरे वा उपरोक्त प्रकृया सम्पन्न गर्न असमर्थ हुने अवस्थामा तपाईंले सिधै रेडियो माडीको बजार हटलाइन नम्बरमा फोन गर्न समेत सक्नुहुनेछ । रेडियोको वजार प्रवन्धकहरु तपाईंसंग आवश्यक समन्वय गर्न संधै तत्पर रहन्छन ।

वृहद श्रोतापहुँच, आवश्यक प्राविधिक दक्षता तथा हरेकखाले प्रस्तुती दिनसक्ने लगनशील सञ्चारकर्मीहरुका कारण यहाँको आवश्यकता अनुसारका सुचना, सन्देश, कार्यक्रम वा प्रत्यक्ष प्रसारण बजाउन सक्षम यस रेडियोमा यहाँले निम्नानुसारको सहुलियत दररेटमा आफ्ना उत्पादन, सेवा वा यहाँ सम्बन्धित रहनुभएको निकाय तथा संस्थाको प्रचारजन्य सामग्री, सुचना, सन्देश एवं विवरणहरु प्रसारण गर्न सक्नुहुने जानकारी सहित अनुरोध गर्दछौं ।

क्र.सं. विवरण दैनिक बिज्ञापन 3 महिना (मासिक शुल्क) 6 महिना (मासिक शुल्क) 1 बर्ष (मासिक शुल्क)
1. कार्यक्रम प्रायोजन (मासिक 4 – 5 श्रृङ्खला) निशुल्क 5 पटक (कार्यक्रम बाहेक) रु 6,000 (कार्यक्रम सहित) रु 6,000 (कार्यक्रम सहित) रु 5,000 (कार्यक्रम सहित)
2. सन्देश प्रसारण 6 पटक रु 5,000 रु 4,500 रु 3,500
3. बर्गिकृत सन्देश
4. फुटकर सुचना वा सन्देश प्रसारण (40 सेकेण्ड) : प्रति पटकको रु 150
5. स्टुडियो टाइम चेक (न्युनतम 3 महिनाका लागि सम्झौता गर्नुपर्ने) : रु 7,500 प्रति महिना

आधारभूत रेडियो उद्घोषण, पत्रकारिता तथा प्राविधिक तालिम सञ्चालन

रेडियो माडीले समाचार लेखन, समाचार वाचन, समाचार सम्पादन तथा अन्तरवार्ता, प्रत्यक्ष प्रसारण, खोज अनुसन्धान लगायत आचारसंहिताका पक्षहरु समेटी आधारभूत तथा व्यवसायिक रेडियो पत्रकारिता तालिम सञ्चालन गर्नुका साथै मनोरञ्जनात्मक, साँगितिक, जनजागरणमुलक र अन्य थुप्रै शैली र विधाका रेडियो कार्यक्रम प्रस्तुतीको तालिम प्रदान गरिआएको छ ।

रेडियो माडीमा कार्यरत वरिष्ठ सञ्चारकर्मीहरु तथा जिल्ला र केन्द्र स्तरमा सक्रिय पत्रकार र विज्ञहरुले प्रदान गर्ने यस्ता तालिमहरु रेडियोको क्षमता अभिवृद्धि र सामयिक गुणस्तर सुधारहेतू महत्वपूर्ण साधन हुन । रेडियोले प्रदान गर्ने विभिन्न तालिमहरु मध्ये छोटो अवधीमा सम्पन्न हुने आधारभूत उद्घोषण तथा पत्रकारिता तालिमले समेट्ने विषय क्षेत्रहरु निम्नानुसार छन् ।
१. उद्घोष, उद्घोषक, उद्घोषणको आधाभुत धारणा
२. उद्घोषकका लागि आवश्यक गुण
३. रेडियो नाटक र अभिनय
४. विज्ञापन लेखन र प्रस्तुती
५. रङ्गमञ्च उदघोषण कला (औपचारिक कार्यक्रम, सैद्धान्तिक)
६. रङ्गमञ्च उदघोषण (अनौपचारिक कार्यक्रम, सैद्धान्तिक)
७. वक्तृत्व कला र भाषण (प्रयोगात्मक)
८. रेडियोमा भाषा, शैली र शब्द छनोट
९. रेडियो सामग्री खोजी र कार्यक्रम स्क्रीप्ट
१०. समाचार लेखन, सम्पादन र वाचन
११. रेडियो अन्तरवार्ता र प्रत्यक्ष प्रसारण
१२. मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन
१३. साँगितिक र फोन इन कार्यक्रम सञ्चालन
१४. जागरणमुलक र समाचारमुलक कार्यक्रम सञ्चालन
१५. अडियो रेकर्डिङ्ग, सम्पादन तथा मिक्सिङ्
१६. आधारभूत स्टुडियो ज्ञान र ट्रान्समिटर सञ्चालन
१७. अडियो रेकर्डिङ्ग, सम्पादन तथा मिक्सिङ्
१८. पत्रकारिताको आचार संहिता आदि

माडी सामुदायिक सुचना केन्द्र (टेलिसेन्टर) तथा पुस्तकालय सेवा

सामुदायिक रेडियो माडीले रेडियो प्रसारणका अलावा हाल माडी सामुदायिक सुचना केन्द्र (टेलिसेन्टर) तथा पुस्तकालयको नाउँबाट सुचना प्रबिधी केन्द्र स्थापना गरी माडी क्षेत्रकै उच्च गतिको इन्टरनेटमार्फत मुनाफारहित तवरले इमेल, इन्टरनेट चलाउने सेवा; स्काइप, भाइबर र लाइनमार्फत अडियो भिडियो कुराकानी र कन्फरेन्स र फोटोकपी, प्रिन्ट, स्क्यानिङ लगायतका सेवा प्रदान गरिरहेको छ । माडी सामुदायिक टेलिसेन्टरले स्थानीय शिक्षकहरुलाई शैक्षिक सामग्री तयार गर्न, बिद्यार्थीहरुलाई प्रोजेक्ट वर्क तयार गर्न तथा नवीन कुराहरु सिक्न कम्प्युटर तथा इन्टरनेट सेवा उपलब्ध गराएको छ भने अन्य हरेक उमेर समुहका माडीबासीहरुलाई सुचना प्रबिधिसंग जोडेको छ । माडीमा रहेका हजारौं परिवारजनलाई प्रवास तथा बाहिर रहेका परिवार सदस्यसंग सचित्र एवं सदृश्य जोड्न र माडीको बसाईमा रहेका स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई बाहिरी संसारसंग जोडिन माडी सामुदायिक टेलिसेन्टर तथा पुस्तकालय सफल रहेको छ ।

रेडियो माडी मा कार्यरत सञ्चारकर्मीहरुलाई गुणस्तरीय कार्यक्रम उत्पादनमा सघाउन तथा अन्य पाठकहरुलाई वृत्तचित्र, विभिन्न श्रव्य दृश्य सामग्रीहरु तथा पुस्तक जुटाउन सामुदायिक सुचना केन्द्र तथा पुस्तकालय सहायक बनिरहेको छ । मुख्यतः डिजिटल एवं अडियो भिडियो सामग्रीहरुको माग र सान्दर्भिकता मनन गरी मल्टिमिडिया लाइब्रेरीको रुपमा विकास हुँदै गएको उक्त पुस्तकालयले हाल सयौं पाठक तथा सेवाग्राहीहरुलाई निःशुल्क सेवा उपलब्ध गराइरहेको पनि छ । त्यसैगरी फेसबुक र माडी खबर अनलाइनसंगको सहकार्यमा वेवसाइटमार्फत माडीको खरब र बिचार देशभर तथा विश्वभर पु¥याउन डिजिटल पत्रिका सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तरगत आगामी दिनमा स्थानीय निकाय र संघसंस्थाहरुसंगको सहकार्यमा रेडियो माडीले आफ्नो प्रसारण केन्द्रलाई टेली हबको रुपमा विकास गरी टेलिशिक्षण, टेलिमेडिसिन तथा स्थानीय उत्पादनहरुको अनलाइन खरिदबिक्रीका लागि टेलिमार्केट सेवा स्थापनाको तयारी समेत गरेको छ ।