चितुवाको आक्रमणबाट बालकको मृत्यु

0

माधव खनाल ,अर्घाखाँची कार्तिक १८

चितुवाको आक्रमणबाट अर्घाखाँचीमा एक बालकको ज्यान गएको छ । शनिवार जिल्लाको ्भुमिकास्थान नगरपालिका वडा नं. ९, ढिकुरा पियाँले मदन घिमिरेको चार वर्षको छोरा आर्यन घिमिरेको बाघको आक्रमणबाट ज्यान गएको हो । साँझ पाँच वजेतीर घरमै आमाको काखमा खेलिरहेका बालक घिमिरेलाई आमाकै काखबाट बाघले खोसेको हो ।
आमाको काखबाट खोसेर फालेपछि पुन बच्चालाई लिएर जंगल भागेको चितुवाले करीव १०० मिटर तल पुगेर बच्चालाई छोडेर भागेको बुझिएको छ ।
्घाईते बालकलाई उपचारको लागि सन्धिखर्क ल्याउदै गर्दा ज्यान गएको सामाजिक अगुवा राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.