श्रीमतीको हत्या गर्ने नेपाली पक्राउ

0

गुल्मी १८ कात्तिक, गुल्मीको मदाने गाउँपालिकामा आफ्नै श्रीमतीको हत्या गर्ने पक्राउ परेका छन । आफ्नै श्रीमती सीता नेपालीको हत्या गर्ने मदाने गाउँपालिका ६ का दुर्गा बहादुर नेपाली आईतवार पक्राउ परेका हुन ।
कात्तिक १५ गते राती मान्छे नवस्ने स्थानीय राजकुमार थापाको खाली घरमा श्रीमतीको आफुले हानेर हत्या गरेको दुर्गा बहादुरले प्रहरी सामु वयान दिएको प्रहरीले जनाएको छ । तिजमा माईत गएकी श्रीमती लामो समयसम्म घरमा नआएको रिस र आफुले मादक पदार्थ सेवन गरेको झोकमा श्रीमतीको हत्या गरेको स्वीकार गरेको समेत प्रहरीले जनाएको छ । दुर्गाबहादुरलाई प्रहरीले आईतवार नै सार्वजनिक गरेको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख र इलाका प्रहरी कार्यालय पुर्कोटदहको प्रहरी टोलीले खोजतलास गर्दा शनिवार राती धाराचौर गहुँछरे जगंलमा लुकेर वसेको अवस्थामा फेला पारेको प्रहरी प्रमुख एसपी दिपक कुमार वूनेतले जानकारी दिए । श्रीमतीको हत्या गर्ने नेपालीलाई कतब्य ज्यान मुद्धा अन्र्तगत २५ बर्षभन्दा बढीको जेल सजाय हुने प्रहरीले जनाएको छ ।
दुर्गाबहादुरका डेढबर्षदेखि ७ बर्षसम्मका ३ छोरा र १ छोरी रहेका छन । श्रीमतीको हत्या गरे पछि यतिवेला ती वालवालिकाहरुको विचल्ली भएको स्थानीयले बताएका छन । उनीहरुको छिमेकी ओम बहादुर नेपालीले गाउँपालिकाको सहयोगमा सरक्षण गरेको गाउँपालिका प्रमुख दानबहादुर केसीले जानकारी दिए । हामीले खाने कुराको सवै ब्यवस्था गरेका छौ पालिका प्रमुख दानबहादुर केसीले भने‘ ती वालवालिकाहरुको विचल्ली भएको छ, कतै सहयोग मागरे उनीहरुको पढाईलेखाई र वसोवासको ब्यवस्था मिलाउछौ ।’ उनले सवैसगँ सहयोगको आग्रह समेत गरेका छन ।

Leave A Reply

Your email address will not be published.