ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

0

कामना डेली,काठमाण्डाै । पूर्व पश्चिम राजमार्ग अन्र्तगत कञ्चनपुरको बेदकोटमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । बेदकोट नगरपालिका ८ कान्लापुल नजिकै मलामी बोकेको से १ त ५४२२ नम्बरको ट्रयाक्टर र म १ च ३११ नम्बरको जिप आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको हो । दुर्घटनाबाट बेदकोट ५ का ३५ वर्षीय राजेन्द्र जाग्री र ८५ वर्षीय नरिभान धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि भारततर्फ लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए । अन्यको महाकाली अञ्चल अस्पतालमै उपचार भईरहेको छ ।

Leave A Reply

Your email address will not be published.