दुई राप्रपाबीच एकता प्रक्रिया सुरु

0

बुधबार, कार्तिक २१, २०७५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच एकता प्रक्रिया सुरु भएको छ । राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमेशर राणाबीच पार्टी एकताको विषयमा छलफल गर्न भएको वार्ता सकारात्मक रूपमा सकिएको छ ।महाराजगन्जस्थित होटेल ला शेर्पामा मंगलबार भएको वार्तामा एकता महाधिवेशनलाई आधार मानेर पार्टी एकता गर्ने सहमति दुई अध्यक्षबीच भएको छ ।

उनीहरूबीच पार्टी विभाजन हुनुअघि भएको एकता महाधिवेशनले पारित गरेको दस्तावेजका आधारमा एकीकरण गर्ने सहमति भएको हो ।केही प्राविधिक विषय टुंगो लाग्न बाँकी रहे पनि अन्य विषयमा सहमति बनिसकेको राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए । नयाँपत्रिकाबाट

Leave A Reply

Your email address will not be published.