दाङमा करेन्ट लागेर एक जनाको मृत्युु

0

शिवु खनाल
दाङ, २१ कात्तिक
दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया निवासी २० वर्षिय सुरेन्द्र चौधरीको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । तोरन बनाउनको लागि बास काट्ने क्रममा हाईटेनशन तारले छुदा चौधरीको मृत्यु भएको भालुवाङ प्रहरीले जानकारी दिएको छ ।

अटो रिक्साबाट हाम फाल्दा गम्भीर घाईते

यस्तै लमहीमा अटो रिक्सा बाट हाम फाल्दा एक जना महिला गम्भीर घाइते हुनु भएको छ । पाँच सय रूपिया खस्यो भनेर रा १ ह १७९८ नम्बरको अटोरिक्सा बाट हाम फाल्दा पूर्वपश्चिम राजमार्ग अर्जुनखोला पुल नजिकै नाम ठेगाना नखुलेको एक जना महिला गम्भीर घाइते हुनु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको हो । घाईतेको टाउकोमा चोट लागेको छ । घाईतेको उपचार लमहीको फलोरेन्स् अस्पतालमा भैरहेको छ ।।

Leave A Reply

Your email address will not be published.