वडा अध्यक्षले कुटे शिक्षक

0

सागर रिजाल
प्यूठान, २१ कात्तिक ।
प्यूठानका एक वडा अध्यक्षले शिक्षकलाई कुटेका छन् । झिमरुक गाउँपालिका वडा नम्वर ८ का वडा अध्यक्षले तुलस बस्नेतले स्थानीय शिक्षक सिद्धिमान एमसीलाई कुटेका हुन् । विद्यालयमा चलिरहेको व्यवस्थापन समितिको वैठकमा सामान्य भनसुन भइरहेका बेला बस्नेतले आफूलाई कुर्सीले टाउकोमा प्रहार गरेको एमसीले जानकारी दिएका छन् ।
शिक्षक एमसी जनता माध्यमिक विद्यालय लिवाङ टिमुरचौरमा विगत चारवर्षदेखि प्रावी तहमा कार्यरत रहदै आएका छन् । उनले मगलवार प्यूठान अस्पताल विजुवार पुगेर आफ्नो उपचार गराएका छन् । टाउकोमा पाँचवटा टाका लगाइएको एमसीलाई डाक्टरले एक सातासम्म आराप गर्न सल्लाह दिएका छन् ।
झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसीले घटनाको विषयमा सोधपुछ गर्ने बताएका छन् । वडा अध्यक्ष बस्नेतको टेलिफोन सम्पर्क हुन सकेको छैन् ।

Leave A Reply

Your email address will not be published.