दिपक वली
घोराही २१ कार्तिक
परीयार सेवा समाज दाङका अध्यक्ष,पाण्डबेस्वरी यातायात प्रा.लीका बरीष्ट उपाध्यक्ष तथा युवा ब्यबसायि केशव नेपालीले बुवा तुलसीराम नेपालीको स्मृतिमा तेरौटे स्थित जेष्ठनागरीक सरोकार केन्द्रमा रहेका बृद्धबृद्धालाई फलफुल बितरण गर्नु भएको हो ।
आज तेस्रो पुण्यतिथिको अवसरमा नेपाली परीवारले जेष्ठ नागरीकलाई फलफुल बितरण गरेको हो । आमा देबा नेपाली , जेठो छोरा प्रेम नेपाली ,माइलो छोरा यामराज नेपाली ,साइलो छोरा केशव नेपाली र कान्छो छोरा स्याम नेपाली द्धारा संयुक्त रुपमा ७२ बर्षमा स्वर्गारोहण हुनुभएका बुवा तुलसीराम नेपालीको स्मृतिमा आज बृद्धबृद्धालाई फलफुल बितरण गरीएको साइला छोरा केशव नेपालीले जानकारी दिनुभयो ।
प्रत्येक बर्ष यसरी नै बुवाको स्मृतिमा केहि न केहि समाज सेवा गरेको नेपाली परीवारले एसपटक भने द्धृद्धबृद्धालाई सेवा गरेको हो । आफ्ना सम्पुर्ण परीवार तथा पत्रकारको उपस्थितिमा उक्त जेष्ठ नागरीलाई फलफुल बितरण गरीएको थियो ।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.