अछाममा ५७ वर्षीया महिला बलात्कृत

0

बिहिबार, कार्तिक २२, २०७५

काठमाडौं । अछाममा ५७ वर्षीया बोल्न नसक्ने महिला बलात्कृत भएकी छन् । जिल्लाको चौरपाटी गाउँपालिका ६ मा बस्ने ती महिलालाई सोही ठाउँमा बस्ने ३१ वर्षीय नाउटे आउजीले बलात्कार गरेको अछाम प्रहरीले जनाएको छ ।कार्तिक १५ गते राति ११ बजे आफ्नो घरमा सुतिरहेकी पीडित महिलालाई मदिरा सेवन गरी कुटपिट गर्नुका साथै बलात्कार गरेको भन्दै परिवारले कार्तिक १६ गते प्रहरीमा उजुरी दिएको थियो । उजुरीका आधारमा आउजीलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए ।आउजीले कार्तिक २० गते सरकारी वकिल कार्यालयमा आरोप स्वीकार्दै स्थानीय १९ वर्षीय बुद्धि आउजीसमेत संलग्न रहेको बयान दिएका छन् । आरोपित बुद्धिलाई समेत पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।कान्तिपुरबाट

Leave A Reply

Your email address will not be published.