जुवाको खालबाट कपिलवस्तुमा १९ जना पक्राउ

0

कामना डेली,२२ कार्तिक २०७५ कपिलवस्तु प्रहरीले तास खेलिरहेको अवस्थामा १९ जनालाई पक्राउ गरेको छ ।
बिहीबार बिहान करिब ३ बजेको समयमा प्रहरी निरीक्षक गोबिन्द रावतको कमाण्डमा खटिएको टोलीले कपिलबस्तु नगरपालिका–८ दोहनी चोकस्थित रामप्रकाश अग्रहरीको राईस मिलमा उनीहरुलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तास खेलेको ठाउँबाट नगद एक लाख २१ हजार ३१५ रुपैयाँ बरामद भएको छ । प्रहरीले १३ वटा मोटरसाइकल र १५ थान मोबाईल फोनसमेत नियन्त्रणमा लिएको छ ।
राईस मिलका सञ्चालक अग्रहरी भने फरार रहेकाले उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.