कपिलवस्तुमा आगलागी हुदाँ ५ घर जलेर नष्ट ।।

0

सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक २४ कपिलवस्तुमा आगलागी ५ घर जलेर नष्ट भएका छन । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० इस्लामनगरमा आगो लग्दा पाँच घर जलेर नष्ट भएको हो । तिहारमा बालेको मैनबतीलले आगलागी भएको स्थानिय दमोदर मिश्राले जानकारी दिनुभयो । विहिबार साझ ८ बजे लागेको आगोले इस्लामनगरका शिव प्रसाद अराख, सन्तराम लोनिया, चन्द्र लोनिया, राम मुरत मुराउ र बंसीनाथ लोनियाको खरले छाएको फुसको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । आगलागीबाट करिब २ लाख बराबरको नोकसान भएको छ । घर जलेपछी अग्नी पिडित खुल्ला आकास मुनी बस्ना बध्य भएका छन । आगोबाट मनविय छती नभएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.