तिहारमा अमर्यादित कार्य गर्ने २४ जना पक्राउ

0

सागर थापा, २४ कार्तिक २०७५
दाङमा तिहार पर्वमा अमर्यादित कार्य गरेको अभियोगमा दाङ प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ । सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी हल्ला गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका २४ जनालाई दाङ प्रहरीले नियन्त्रणमा स्थलमा जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख राम प्रसाद घर्तीले जानकारी दिएका छन् ।
त्यसैगरी उक्त उत्सृंखल कार्यमा प्रयोग भएका केही मोटरसाईकललाई समेत नियन्त्रणमा लिएको मापसे गरेको लाई जरिवाना कात्दै छोरेको प्रहरीले जनाएको छ ।

अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने तथा चाड पर्वलाई मर्यादित बनाउने प्रहरीको बिशेष अभियान अन्तरगत भएको निगरानीमा विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको र अनुसन्धान भैरहेको दाङ प्रहरी प्रमुख घर्तीले बताएका छ्न ।

Leave A Reply

Your email address will not be published.