मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक

0

आइतवार, कार्तिक २५, २०७५
काठमाडौं । चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरिएको छ । नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर ‘मह’ जोडी श्रेष्ठ र आचार्यलाई सम्मान गरिएको हो ।गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएकोमा मह जोडीलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरेको हो ।रत्नपार्क शान्ति बाटिकामा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले महजोडीलाई सम्मान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.