गौमुखीमा मिडिया सम्मेलन हुने

0

२०७५ कार्तिक २३ गते

२५ कात्तिक, प्यूठान । धार्मिक तथा पर्यटकीय गन्तव्य गौमुखीको प्रवर्द्धनका लागि प्यूठानमा ‘गौमुखी मिडिया सम्मेलन’ हुने भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठान र गौमुखी गाउँपालिकाको संयुक्त आयोजनामा आगामी मंसिर १४ र १५ गते गौमुखीमा मिडिया सम्मेलन हुन लागेको हो ।

झिमरुक नदीको उद्गम स्थल गौमुखीको प्रचार प्रसारका लागि मिडिया सम्मेलन गर्न लागिएको पत्रकार महासंघ प्यूठानका अध्यक्ष महावीर रानाले बताए । ‘प्यूठान पर्यटनको प्रसस्त सम्भावना भएको जिल्ला हो,’ उनले भने, ‘प्रमुख पर्यटकीय गन्तव्य स्वर्गद्वारीको मिडिया सम्मेलनपछि गौमुखीमा गर्न लागेका हौं ।’ २०७३ मा स्वर्गद्वारी मिडिया सम्मेलन भएको थियो ।

Leave A Reply

Your email address will not be published.