प्रदेश ५: संयोजक नै तोक्न नसकि सकियो विशेष समितिको कार्यवधि

0

कात्तिक २५, २०७५| प्रकाशित १३:४५

काठमाडाैं– प्रदेश ५ को स्थायी राजधानी र नाम तोक्नका लागि प्रदेश संसदले गठन गरेको विशेष समितिले संयोजक नै तोक्न नसकी कार्यकाल सकिएको छ। प्रदेश संसदले साउन २४ मा गठन गरेको समिति यस बीचमा दुई पटक मात्रै बसेर सकिएको छ।१५ सदस्यीय समितिमा सत्तारुढ दलको तर्फबाट संयोजक दाबी रहेको थियो।

समितिमा कांग्रेसका तर्फबाट चार सदस्य रहेका थिए। तीन महिनाको समायावधि बिना उपलब्धी सकिएको कांग्रेसका तर्फबाट सदस्य बनेका वीर बहादुर रानाले बताए।पार्टी एकिकरणको प्रक्रियामा लागेको सत्तारुढ दलकै वेवास्ताले समिति प्रभावहिन भएको आरोप लगाए।

Leave A Reply

Your email address will not be published.