नवलपरासीमा बस दुर्घटनाः २५ घाइते, ३ को अवस्था गम्भीर

0

नवलपरासी । दाङबाट काठमाडौंका लागि छुटेको यात्रुवहाक बस नवलपरासीको अमरापुरीमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । बस गैडाकोट नगरपालिका अमरापुरिमा आज विहान करिब २ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते मध्ये ३ को अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । गम्भीर घाइते हुनेहरुमा दाङ घोराहीका २८ वर्षीय होमबहादुर पोखरेल, १ वर्षका यूनिस बिक र दाङ तुल्सिपुरकी २४ वर्षीया लक्ष्मी बस्नेत रहेका छन् ।

दाङ देखि काठमाडौंको लागि छुटेको ना ६ ख ३९७३ न को बस आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै बस चालक फरार रहेको र खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ । बसमा करिब ५५ जना यात्रु सवार रहेको प्रहरीले अनुमान गरेको छ । घाइतेहरुको नयाँ मेडिकल र पुरानो मेडिकलमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.