विश्व निमोनिया दिवस : जोगिनुस् है, चिसोले झन् सताउला!

0

कात्तिक २६, २०७५|

काठमाडौं- आइतबार कान्ति अस्पताल पुग्दा धादिङकी सरस्वती चेपाङ आफ्नो दुई महिने दूधेबालक लिएर अस्पताल परिसरमा घाम तापेर बसिरहेकी थिइन्। उनका श्रीमान् औषधी किन्न फार्मेसी गएका थिए। उनीहरु बच्चाको उपचारका लागि काठमाडौँ आएको सात दिन भएको रहेछ।

उनले भनिन्, ‘सुरुमा खोकी लाग्ने ,ज्वरो आउने भएपछि नजिकै धादिङमै क्लिनिकमै देखाएक थियौँ। त्यहाँबाट कान्तिमा आयौँ। निमोनिया निकै नै बल्झिसकेको रहेछ, औषधि दिएका छन्।’

बालाजुकी शान्ति शर्मा पनि आफ्नो ७ महिने बालक लिएर कान्ति अस्पताल आएकी थिइन्। बच्चालाई थरथर काँप्ने, ज्वरो आएको, अनि कोखा हान्न थालेको जस्तो भएपछि अस्पताल दौडाउनुपरेको उनले बताइन्।

१९ वर्षीय अभिनव चौधरीलाई सानैदेखि निमोनियाले सताउँथ्यो। अहिले पनि अलिकति केही चिसो चिज खाँदा उनलाई निमोनियाले भेटिहाल्छ। उनी थला परिहाल्छन्।

फरक उमेर समूहका यी विभिन्न बिरामीलाई देखिएको एउटै समस्या हो- निमोनिया।

के हो निमोनिया?
नेपालमा बच्चालाई धेरै हुने समस्यामध्ये निमोनिया पहिलो नम्बरमा आउँछ। निमोनिया फोक्सोको संक्रमण हुने रोग हो। यो रुघाखोकी बिग्रेर हुन्छ। प्राय: बच्चालाई मात्र हुने भनेर बुझिए तापनि यसले बुढेसकालसम्मै दुःख दिन्छ। जाडोमा निकै सावधान रहनुपर्छ। फोक्सोको संक्रमण धेरैजसो किटाणुहरुले गराउँछ।

एउटा निमोनियालाई केमिकल निमोनिया भनिन्छ। त्यो चाहिँ विष, मट्टितेल जस्ता पदार्थहरुले गराउन सक्छ। तर मुख्य निमोनिया गराउनेचाहिँ किटाणु नै हुन्।

भरतपुर अस्पतालमा कार्यरत नेपाल पेडियाट्रिक सोसोइटीका उपाध्यक्ष डा युवनिधि बसौलाका अनुसार निमोनिया धेरै प्रकारका हुन्छन्। कसैले जन्मजात पनि निमोनिया लिएर आएका हुन्छन्। भर्खरै जन्मेको बच्चाको ६० भन्दा बढी श्वासदर छ भने निमोनिया भएको भनिन्छ। दुई महिनासम्मको ५० श्वासदर छ र दुई महिनाभन्दा माथिको बच्चाको ४० भन्दा बढी श्वासदर भयो भने निमोनिमया भएको हो। त्यसैले फोक्सोको एक भागमा पनि यसले संक्रमण गर्न सक्छ भने धेरै ठाउँमा फैलिन पनि सक्छ। केमिकल निमोनिया पनि हुन्छ। नेपालमा सरदर एउटा बच्चालाई वर्षमा ४–५ चोटि निमोनिया भएको मानिन्छ।

कान्ति बाल अस्पतालका निर्देशक डा गणेश राई नेपालमा बाल मृत्यदुरलाई गणना गर्ने हो भने निमोनिया एक नम्बरमा पर्ने बताउँछन्। त्यसपछि झाडापखाला र कुपोषण पर्छ। पाँच वर्षका मुनिका बच्चालाई त्यसमाथि दुई वर्ष मुनिका बच्चाहरुलाई यो बढी हुने गरेको पाइएको छ। निमोनिया रोग जनस्वास्थ्य सम्बन्धी एकदम संवदनशील विषय हो।

उनी भन्छन्, ‘निमोनियाबाट बच्न नसकिने होइन। रुघाखोकी त संसारको जुनसुकै कुनामा पनि लाग्छ। तर रुघाखोकी लागेपनि विकसित देशमा निमोनिया हुने सम्भावना कम हुन्छ। किनकि उनीहरुको पोषणको अवस्था राम्रो छ। सबै बच्चाहरुले खोप लिएका हुन्छन्। वातावरण राम्रो छ। रोगसँग लड्न सक्ने क्षमता राम्रो हुन्छ। त्यसैले बाल मृत्युदर विदेशमा कम हुन्छ।’

तर, नेपाल जस्तो देशमा रुघाखोकी बिग्रेर निमोनिया लाग्ने सम्भावना बढी हुने उनको अनुभव छ। नेपाली बच्चाहरु कुपोषित हुन्छन्। रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ। उनीहरुले सबै खोप पनि पाउँदैनन्। सरकारले दिइराखेको खोपले पनि निमोनिया रोक्ने काम गर्छ। बच्चालाई चिसोबाट जोगाउने, न्यानो पारेर राख्ने गर्नुपर्छ। त्यसैगरी धुलोधुँवाबाट बचाउनुपर्छ।

डा युवनिधि बसौला भन्छन्, ‘निमोनियाको लक्षण देखे तुरुन्त जँचाउने, नियमित खोप दिने गर्नुपर्छ। भिटामिनको दबाई खुवाएको खण्डमा ३० प्रतिशत निमोनिमयाको जोखिम कम हुने हुन्छ। समयमा उपचार गर्न सकिएन भने ज्यान नै जाने खतरा हुन सक्छ।’

निमोनियाका लक्षण

खोकी लाग्ने,
चाँडो–चाँडो श्वास फेर्ने,
कोखामा हान्न (श्वास फेर्दा छाती र करङको भाग धस्सिने)
श्वास फेर्न गाह्रो हुने,
खोकी लाग्ने,
दुध चुस्न नसक्ने आदि ।

निमोनियाबाट कसरी जोगिने?
बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र खुवाउने गर्नुपर्छ। ६ महिनापछि अरु खानेकुरा जस्तै दुई वर्षसम्म स्तनपान गराउनुपर्छ । जसले गर्दा एक त बच्चाको पोषण पनि राम्रो हुन्छ। त्यो बाहेक स्तनपानले रोगसँग लड्ने क्षमता पनि बढ्छ। आमाको दूधमा पोषक तत्वबाहेक रोगसँग लड्ने क्षमता हुने चिकित्सकहरु बताउँछन्।

निमोनियमा बचाउन सफासँग हात पनि धुन चिकित्सक सुझाउँछन्।

प्रदूषण बढेको छ। जताततै फोहोर नै फोहरै छ। हात नधोईकनै बच्चालाई समात्ने, बच्चालाई अँगालो हाल्ने काम गर्न नुहने डा राई बताउँछन्। यसो गर्दा हाम्रो हातमा किटाणु बच्चालाई पनि सर्न हुन्छ । सुरुमा हात धुने र त्यसपछि मात्रै बच्चा समात्ने गर्न चिकित्सक सल्लाह दिन्छन्।

सरकारले दिन सुझाएका सवै खोपहरु दिन चिकित्सकहरुको आग्रह छ। खोपहरु पनि निमोनियाबाट जोगाउने उनीहरु बताउँछन्। यसबाहेक खानपा

Leave A Reply

Your email address will not be published.