दुर्घटनामा परी दाङमा एक जनाको मृत्यु

0

सागर थापा,२७ कार्तिक२०७५

दाङमा आज दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी राम प्रसाद घर्तीका अनुसार तिब्र गतिमा रहेको रा २ ख ५८२ नम्वरको टिप्परले रा ३ प ८०८२ नम्वरको मोटरसाइकललाई घोराही कपासि वगियामा ठक्कर दिदा मोटरसाइकलमा सवार अन्दाजी ३८/४० वर्षका घोराही १६ का तेजबहादुर खत्रिको घटनास्थलमै मृत्यु भएको हो। दुवै घोराहीवाट तुलसिपुरतर्फ जाँदै गरेको अवस्थामा तिव्र गतिमा रहेको टिप्पर अनियन्त्रीत भई मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफीक कार्यालय दाङका विवेक महराले बताए । दुर्घटनामा परी मोटरसाइकल चालक घोराही १६ कै वर्ष ३४ का वसन्त गिरी घाइते भएका छन् । उनको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.