मोटरसाईकलको ठक्करबाट गैंडाकोटमा एक जनाको मृत्यु

0

२०७५ कार्तिक २८ गते
कावासोती, २८ कात्तिक । नवलपुरको गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

गैंडाकोट ९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको १३८६ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानीय ४५ वर्षीय सानु थापाको मृत्यु भएको हो ।

मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते थापाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मंगलबार राति ९ः३० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल र चालक ईलाका प्रहरी कार्यालय गैंडाकोटको नियन्त्रणमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.