शिवु खनाल
दाङ, २८ कात्तिक
दाङमा प्रहरीको भ्यानबाट हाम फालेर एकजना थुनुवा फरार भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ रानीजरुवाका १९ वर्षीय बिष्णु बुढाथोकी नैतिकता विरुद्धको अपराधमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर ल्याउँदै गर्दा प्रहरीको गाडीबाट हाम फालेर फरार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी प्रेम शाहीले जानकारी दिनु भएको छ । थुनुवा भगाउन सहयोग गरेको अभियोगमा प्रहरीले प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई पक्राउगरी सामाजिक न्याय विरुद्धको कसुर ऐन अन्तरगत मुद्दा चलाएको छ ।
दाङ देउखुरी जिल्ला अदालतले प्रहरी जवान बुढाथोकीलाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमती दिएको छ । थुनुवा भगाउन सहयोग गरेको अभियोगमा चोरी मुद्दा खेपीरहेका बसन्त केसीलाई पनि प्रहरी सामाजिक न्याय विरुद्धको कसुर ऐन अन्तरगत मुद्दा चलाएको छ । डीएसपी शाही इप्रका तुलसीपुरमा हाजिर भएकै दिन थुनुवा फरार भएका हुन् ।।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.