अब ट्रक तथा टिप्परहरु चैलाहीबाट अर्नहवा निस्कने बाटोबाट चल्ने

0

देउखुरी, २९ कात्तिक
देउखुरी उद्योग बाणिज्य संघ लमहीले क्रेसर उद्योगगका संचालकहरु तथा प्रतिनिधीसंग लमही बजारमा कसरी व्यवस्थित तरिकाले टिप्पर तथा ट्रकहरुलाई संचालन गर्ने विषयमा छलफल गरेको छ । देउखुरी उद्योग बाणिज्य संघका अध्यष रत्नप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले लमही बजारमा कसरी व्यवस्थित तरिकाले टिप्पर तथा ट्रकहरुलाई संचालन गर्ने विषयमा छलफल गरेको हो ।
बुधबार वडा प्रहरी कार्यालयमा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक अरुण कुमार सिंह, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ र क्रेसर उधोगका संचालकहरु तथा प्रतिनिधीसंग बुधबार बसेको सर्वपक्षिय बैठकले लमही कोइलावास सडकखण्डमा गुडिरहेका ट्रक तथा टिप्परको कारणले व्यवसायिहरुलाई हुने प्रदुषण तथा सवारी दुर्घटना न्युनिकरणको लागि मध्यनजर गर्दै बनगाँउको सडक निर्माण नहुदा सम्म विहिवार देखि विहान ७ बजे देखि साझँ ८ बजे सम्म ट्रक तथा टिप्परहरुलाई तत्कालका लागि चैलाहीबाट अर्नहवा निस्कने सडकबाट सञ्चालन गराउने निर्णय गरेको देउदुरी उद्योग बाणिज्य संघ लमहीले जाकारी गराएको छ ।।

Leave A Reply

Your email address will not be published.