अग्निपिडित घर्तीलाई राहात स्वरुप २० हजार दिने लमही नगरको निर्णय

0

देउखुरी, २९ कात्तिक
लमही नगरपालिकाको तिन वटा महत्वपूर्ण निर्णयहरु पास गरेको छ । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षता बसेको बैठकले चालु आर्थिक वर्षमा विनियोजित रकम अनुसारको आयोजनाहरु ०७५ पौष मसान्त सम्म सम्पन्न गरिसक्ने, लमही नगरपालिका क्षेत्र भित्र संचालित व्यवसायहरुको दर्ता प्रकृया सहज गराउन स्थलगत रुपमा नै कर्मचारी खटाउने निर्णय गरेको छ ।
यस्तै लमही नगरापलिकाले ०७५÷७÷२६ गतेका आगलागि पिडित कविता घर्तीलाई रु ः विस हजार राहात स्वरुप उपलब्ध गराउने निर्णय गरेको लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले जानकारी दिनु भएको छ ।।

Leave A Reply

Your email address will not be published.