चितुवाको छाला खरिदबिक्री गर्दैगर्दा २ जना पक्राउ

0

कात्तिक २९, २०७५|

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले संरक्षित वन्यजन्तु चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुकुम आठबिसकोट नगरपालिका–५ बस्ने २३ वर्षीय विकास बस्नेत र सल्यान बाघचौर नगरपालिका–९ बस्ने २२ वर्षीय शेरबहादुर डिसी छन्।

उनीहरुलाई सिआइबीले काठमाडौं महानगरपालिका–२६ मित्रनगरबाट अवैधरुपमा उक्त छाला खरिदबिक्री गर्न लागेको अवस्थामा पक्राउ गरेको हो। उनीहरुलाई कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.