युवराजको ‘नौट्ङ्की’ भिडियोमा हेर्नुहोस।

0

कात्तिक ३० । नेपाली गीत संगीतको क्षेत्रमा डेढ दशक पार गरिसकेका लोक तथा दोहोरी गायक एवम सर्जक युवराज आचार्यको पछिल्लो समयमा फेरी अर्को निकै आश लाग्दो गीत “नौटङ्की” सार्वजनिक भएको छ ।

गीतमा युवराज आचार्य सँगै पूर्णकला बि.सी.को आवाज पाउन सकिन्छ भने शब्द तथा लय सृजना आचार्य आँफैले गरेका छन् । प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा संगीत संयोजन कृष्ण बि.क.को रहेको छ भने ध्वनी सम्पादन श्यामसोयत रसाइलीले गरेका हुन् ।

पछिल्लो समयमा लगाइने टाइमपासको माया आँफुलाई नचाहिएको र जुग जाने माया लगाउन चाहेको कुरा गीतमा प्रस्तुत गरिएको छ । माया लगाउँदा मान मर्यादाको ख्याल गरेर लगाउनु पर्छ नत्र शत्रु हाँस्छन् भन्ने कुरालाई गीतमा पाइन्छ ।

प्रकाश भट्टले निर्देशन गरेको गीतमा नरेश बिर सिन्हा र अञ्नली अधिकारीलाई नृत्य र अभिनय दुबै पाटोमा पाउन सकिन्छ । राजेश घिमिरेले छायंकन गरेको गीतको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.