ढाकारामले कस्लाई भने “स्वार्थी रैछौ” ? (भिडियो हेर्नुहोस)

0

कात्तिक ३० । सुभारम्भ डिजिटल म्युजिक प्रा.लि.ले पछिल्लो समयमा ढाकाराम बिनाडीको प्रस्तुतीमा रहेको गीत “स्वार्थी रैछौ” सार्वजनिक गरेको छ ।

गीतमा शम्भु कुवँर सँगै सम्झना भण्डारीको आवाज पाउन सकिन्छ भने शब्द तथा लय सृजना ढाकाराम बिनाडीको रहेको छ । मालश्री रेकर्डिङ स्टुडियो पुतली सडकमा रेकर्ड भएको गीतमा संगीत संयोजन बिनोद बाजुरालीले गरेका हुन् ।

माया लगाउँदा सम्पती र बैँशको दुरुपयोग गर्नेहरुका लागी यो गीतले अरिलो जवाफ दिएको छ । समाजमा पछिल्लो समयमा बिद्यमान समस्यालाई गीतका शब्दमा उतार्न खाोजिएको छ ।

डि.आर सुजनले निर्देशन र मोडलिङ गरेको गीतमा डि.आर सुजन र टिना श्रेष्ठको प्रमकथालाई देखाउन खोजिएको छ । करण चैसिरले छायंकन गरेको गीतको सम्पादन भने मनोज कार्कीले गरेका हुन् । सुभारम्भ डिजिटल म्युजिक प्रा.लि.को आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको गीत स्वार्थी रैछौ हेरेर प्रतिकृया दिन नभुल्नुहोला ।

Leave A Reply

Your email address will not be published.