स्वर्गद्वारीमा बस्यो कांग्रेस जिल्ला सभापतिको बैठक

0

प्रकाशित मिति : २०७५ कार्तिक ३० शुक्रबार

प्युठान । प्रदेश पाँच अन्तरगत पर्ने नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको बैठक प्युठानको स्वर्गद्वारीमा सकिएको छ । बिहीबारदेखि सुरु भएको बैठकमा राष्ट्रिय राजनीति, महासमितिको बैठक, बिधान मस्यौदा संशोधन लगायतका बिषयबस्तुमा छलफल भएको नेपाली काँग्रेस रोल्पाका सभापति अमर पुनले जानकारी दिए ।नेपाली कङ्ग्रेसको सांगठानिक अवस्था वारे समेत छलफल गरिएको पुनले बताए।

राष्ट्रिय तथा प्रदेश राजनीतिमा पार्टीको एउटै धारणा बनाउन र महासमितिको बैठक तथा बिधान मस्यौदा संशोधनका सवालमा प्रदेश पाँचबाट सामुहिक धारणा बनाउन बैठक बसेको सहभागी जिल्ला सभापतीहरुको भनाई छ।

Leave A Reply

Your email address will not be published.