सागर रिजाल
प्युठान,१ मंसिर ।
प्युठान नगरपालिका –४ विजुवार टारीका बालबालिकाहरुले तिहारमा खेलेको देउसी भैलोबाट संकलित रकमबाट गरिब बालिका र एकल महिलालाई सहयोग गरेका छन् । टारीमा २०६६ सालमा स्थापना भएको जनसेवा बाल समुहले भैलोबाट संकलितत रकम ४८ हजार ५ सय १० रुपैया मध्ये ८० % रकम समाजिक गतिविधिमा खर्च गर्ने र बाकी २०% रकम आन्तरिक खेलकुद, भैलो, समिक्षा तथा चियापान कार्यक्रममा खर्च गरिने बालसमुहकी अध्यक्ष स्वीकृती सुवेदीले बताईन् ।
टारी स्थित बिपन्न परिवारकी बालिका बर्ष ६ की समिक्षा सुनार लाई लाई न्यानो कपडा, स्टेशनरी सामाग्री, प्रदान गरिएको छ । गरिब परिवारकी बालिकाको आर्थिक अवस्था कमजोर देखेर बालसमुहले सहयोग गरेको समुहकी अध्यक्ष सुवेदीले जानकारी दिईन् । उनले भनिन,‘हाम्रो सानो सहयोगले बालिकाको पढाईमा थप हौसल्ला मिलोस ।’ त्यस्तै नगरपालिका भित्रै पर्ने खानिखोला निवासी एकल महिला पिमा सुनारको हाँल बसीरहेको घर जिर्ण भएकाले आवास बनाउनका लागि समुहले नगद रु ५ हजार प्रदान गरेको छ । सामान्य घर पनी बस्न नमिल्नेगरी भत्किएको र कुनै आर्थिक उपाए नभएकी एकल महिला सुनारलाई केहि सहयोग मिलोस भनेर सहयोग गरेको समुहकी अध्यक्ष सुबेदी बताउछीन् ।
बालसमुहले टारी क्षेत्रलाई सफा राख्न फोहोर व्यवस्थापनकालागी फोहर संकलन गर्ने स्ट्याण्ड बनाउने र बिभिन्न समाजिक नारा लेखिएका बोर्डहरु ठाउँ ठाउँमा लगाउने निर्णय गरेको छ । नयाँ र न्यानो कपडा, स्टेशनरी सामाग्री पाउँदा बालिका समिक्षा सुनार खुसी भएकी थिईन् । उनको परिवारले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए ।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.