लमहीमा गजल महेफिल सम्पन्न

0

मंसिर १, लमही
देउखुरी गजल अभियान, दाङको अायाेजनामा साहित्यकार जागेश्वर घिमिरेकाे विशेष गजल गायन कार्यक्रम लमहीमा सम्पन्न भएको छ ।
अभियानका अध्यक्ष गुरुप्रसाद कुमाल बुलबुलकाे अध्यक्षता, प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्माकाे प्रमुख अातिथ्यता, प्रगतिशील लेखक संघ, नेपाल दाङ जिल्ला शाखाका अध्यक्ष भुवन देवकाेटा शरदकाे विशिष्ट अातिथ्यतामा साहित्यकार जागेश्वर घिमिरेकाे विशेष गजल गायन कार्यक्रम भएको हाे ।
अभियानका अभियन्ता अाशिष कल्पवृक्षकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पाेख्रेल, अभियानका सल्लाहकारद्वय छविलाल काेपिला, नीमबहादुर थापा, साहित्यकार रेशम बिसि, अविरल श्रीराम बेलबासे, अाशिष कल्पवृक्ष, बलबहादुर जि एम विवस, गायकद्वय शनिराम चाैधरी, राजेन्द्र चाैधरी लगायतकाले अाफ्नाे रचना प्रस्तुत गर्नुभएको थियोे ।
सञ्चालन अभियानकी अभियन्ता यमुना पुनले गर्नुभएको थियोे ।

Leave A Reply

Your email address will not be published.