प्रदेश ५ का डिआइजी एक्कासी रुकुम किन पुगे?

0

सागर थापा,३ मंसिर२०७५

पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी पिताम्बर अधिकारी अचानक रुकुम पुगेका छन। प्रदेश ५ अन्तर्गतका जिल्लाहरुको सुरक्षा अबस्था बारे जानकारी लिन उनि निरिक्षण भम्रणका क्रममा रुकुम पुगेका हुन। उनले पुर्बी रुकुमको घर घरमा पुगेर अब छुट्टै सुरक्षा कोर्ष बनायर लागू गर्नु पर्नेमा जोड दिदै प्रदेशका सुरक्षालाइ अझ मजबुत बनायर लैजाने बताए । प्रदेशमा हुने गुन्डा गर्दि, ठगी तस्करी नियन्त्रण गर्नुका साथै जनतालाइ प्रहरी प्रसासन भयको महसुस गराउने उनको भनाइ छ । अहिलेसम्म धेरै जिल्ला हरुमा प्रहरी प्रमुखको रुपमा जिम्मेवारि लियर आएका अधिकारीले समाजमा रहेको गुन्डागर्दीलाई तह लगायर छाड्ने अठाेट लिएका छन।

प्रहरी भित्र आर्थीक अनुसासन कायम गर्ने र जनताको भाबना अनुसार प्रहरीलाइ अगाडि बढाउने उनको प्रतिबद्धता छ । अब सुरक्षा झन मजबुत र बलियो हुने बताएका डिआइजीले आपराधिक घटनाहरु हुनबाट रोक्न बिद्यालयहरुमा अभियान र ५ नम्बर प्रदेशको जिल्लाभर अभियान चलाउन निर्देशन समेत दिएका छन ।

Leave A Reply

Your email address will not be published.