प्युठानमा प्रेस युनियनमा खैलाबैला, पदाधिकारीले राजीनामा दिने क्रम रोकीएन
सागर रिजाल
प्युठान,३ मंसिर ।
प्युठानमा प्रेस युनियनका पदाधिकारीले राजिनामा दिने क्रम रोकीएको छैन । आईतबार प्रेस युनियन प्युठानका संस्थापक तथा पुर्व अध्यक्ष सञ्जय रिजालले राजिनामा दिए संगै राजीनामा दिने पदाधिकारी वढेका हुन् । सोमबार ६ जना पदाधिकारीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा पूर्व सचिव तथा प्रदेश पार्सद सिटी पोख्रेल, वर्तमान सचिव शमसेर विक्रम जिसी, सहसचिव स्मृति घर्तिमगर, सदस्य शुशिला वुढामगर, प्रदेश पार्सदहरु राजेश जिसी र रिसीराम पौडेल रहेका छन् ।
बहुमत सदस्य बाहिर रहदा रहदै हामी संगठनको पदमा रहनुको औचित्य नरहने भएकोले राजीनामा दिएको पूर्व सचिव तथा प्रदेश पार्सद सिटी पोख्रेलले जानकारी दिए । प्रकृया पूरा गरि कम्तिमा ४र५ बर्ष रेडियोहरुमा काम गरि रहेका साथिहरुले पाएको सदस्यता कटाउनु ,निर्वाचन संयोजकमा अधिबक्ता रामेश्वर सुवेदीलाई जिल्ला कमिटिको बैठकले तोकेपनि निर्णय बिपरित ईन्द्रमणि पोख्रेल बनाउनु, बिधान अनुसार साधारण सभाको मिति कम्तीमा १० दिन पहिला तोकिनु पर्नेमा ४ दिन पहिला मात्रै अध्यक्षको फेसबुकबाट जानकारि हुनु, साधारण सभामा कम्तीमा ५० प्रतिशत सहभागी हुनुपर्नेमा नभएको लगाएत विधि र बिधान बिपरित कार्य गरि साधारण सभा गरेकोले राजीनामा दिएको प्रदेश पार्सद सिटी पोख्रेलको आरोप छ ।
साथै सदस्यहरुको नाम काटि पार्र्टी सभापतिको काठमाडौंमा अध्ययनरत छोरा अपिल भण्डारी जस्ताले सदस्यता पाउनुमा हामिले पार्र्टीकै नियोजित डिजाइनमा सडयन्त्र रहेको आशंका गरेको पोख्रलले बताए ।
शुक्रवार सम्पन्न युनियनको सातौ जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीले राजीनामा दिएका हुन् ।