लुम्बिनीमा विभिन्न देशका भिक्षुहरुको जमघट

0

प्रकाशित मिति ४ मंसिर २०७५, मंगलवार

रूपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा विभिन्न देशका भिक्षु तथा लामा सोमबार लुम्बिनीमा भेला भएका छन् ।मंगलबारदेखि सुरु हुने भद्रचार्य उत्सवमा सहभागी हुन उनिहरु लुम्विनी आईपुगेका हुन।

विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको हितको कामना गर्ने उद्देश्यले भद्रचार्य मोन्लम फाउन्डेसनले पहिलो पटक लुम्बिनीमा आयोजना गरेको भद्रचार्य उत्सवमा सहभागी हुन नेपाल, भारतलगायत देशका भिक्षु, भिक्षुणी तथा लामाहरू लुम्बिनी आएका हुन् ।

हिमाली बौद्ध समुदायको शाक्यपा सम्प्रदायले गर्ने मोन्लाम (विश्व शान्ति) पूजालाई सबैभन्दा ठूलो पूजा मानिन्छ तर मोन्लम पूजा गत वर्ष लुम्बिनीमा आयोजना हुन नसकेपछि त्यस्तै प्रकारको विश्वशान्ति पूजा यसपाली भद्रचार्य मोन्लम फाउन्डेसन नेपालले आयोजना गरेको फाउन्डेसनका सदस्य निमा लामाले जानकारी दिए ।

पूजामा शाक्यपा सम्प्रदायका ठूला गुरु धुङ्से अभिकृत बज्र रिम्पोछेको उपस्थिति हुनेछमंगलबारदेखि सुरु हुने भद्रचार्य उत्सवमा सहभागी हुन। पाँच दिनसम्म चल्ने पूजामा विशेषगरी सम्बन्धभद्र र मञ्जुश्रीको प्रार्थना हुने फाउन्डेसनले जनाएको छ । सत्व प्राणीहरूको दुःख हटाउन र चित्त शान्ति गर्न मन्त्रोच्चारण हुनेछ ।

Leave A Reply

Your email address will not be published.