रुपन्देहीमा ८० हजार घुससहित जिल्ला न्यायाधिवक्ता पक्राउ

0

सागर थापा,मंसिर ४, २०७५|

रुपन्देही– जिल्लामा सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायधिवक्ता घुस रकम सहित रंगेहात पक्राउ परेका छन। न्याधिबक्ता काेषहरि निराैलालाई ८० हजार घुससहित अख्तियारकाे टाेलीले पक्राउ गरेको हो।

सेवाग्राहीसँग ठगीकाे मुद्दा मिलाइदिन्छु भन्दै ८० हजार लिँदै गरेका उनलाई कार्यालयभित्रै टोलीले पक्राउ गरी नियन्त्रणमा लिएकाे हाे।निरौलालाई हिरासतमा राखेर थप अनुसन्धान गरिने अख्तियार प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले बताए ।

Leave A Reply

Your email address will not be published.