भारतबाट धन कमाएर  फर्कदै गरेका एक नेपाली लुटिए

0

महेन्द्र सिंह नेपालगन्ज
रुपैडिया(भारत) मंसिर ४ । भारतबाट कमाएर घर फर्कदै गरेका नेपाली मंगलवार विहान भारतकाे नान्पारामा लुटिएका छन् ।
भारतकाे नयाँ दिल्लि स्थित अानन्दविहार वसपार्कवाट गाडिमा चढेका विनाैना ४ वाँकेका लाल सिं कवर भारतकाे नान्पारमा लुटिएका हुन् । भारत सरकारले सञ्चालन गरेकाे ५०१९ नम्वरकाे वसमा पिडित कवरलाई नेपाली वाेल्ने अाफुसंगै वसेका दुई जनाले लुटेका हुन् । संगै एउटै सिटमा वसेकाले फेन्टामा अखाद्य वस्तु खुवाई वेहाेस वनाएर कवरवाट करिव पचास हजार लुटेर लगेका छन् । लुटेराहरु वस राेकिएकाे समयमा भागेपछि कवर वेहाेस भएकाे अवस्थामा पंक्तिकार पत्रकार देबिराम कुसारीले उद्धार गरेका छन् ।
वेवारिसे अवस्थामा रहेका कवरलाई पत्रकार कुसारीले उद्दार गरि भन्सार स्थित जमुनाह चाैकिमा बुझाएका छन् । पत्रकार कुसारिले जमुनाह ल्याएर चाैकिका असई भक्तबहादुर भण्डारी र राष्ट्रिय अनुसन्धानका असै रवि घिमिरेकाे राेहवरमा छाेडेका छन् । वेहाेस अवस्थामा रहेका कवरलाई अाजै स्वास्थ्य परिक्षणका लागि अस्पताल लगिएकाे छ ।
विशेषगरि चाडवाडकाे समयमा नेपाली लुटिने गरेकाे र पछिल्लाे समयमा नेपाली वाटै लुटिने क्रम बढेकाे अनुसन्धानका असई घिमिरेले वताउनु भयाे ।

Leave A Reply

Your email address will not be published.