होटलमा आगलागी हुँदा रु २ लाख ५० हजारको नोक्सानी

0

प्यार अलि खांन ४ मंसिर , २०७५ |

प्युठान: जिल्लाको दर्भान बजार स्थित एक होटलमा विद्युत् सर्ट भई आगलागी हुँदा करीब रु २ लाख ५० हजार बराबरको क्षति भएको छ ।
सरुमारानी गाउपालिका–२ मा रहेको सरुमारानी खाजाघरमा सोमबार राती ९ बजेतिर अचानक आगलागी हुँदा करीब रु २ लाख ५० हजार क्षति भएको होटल कि सञ्चालिका सरस्वती बेलबासेले जानकारी दिईन ।
आगलागीबाट होटल भएका फ्रीज, कुर्सी, टेबल,भाडाबर्तन,किरानापसल लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उनले बताईन ।
आगलागी प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा गरिएको थियो ।
यसैबिच,होटल ब्याबसायी संघ प्युठानले आगलागी पीडीतलाई राहत प्रदान गरेको छ । मंगलवार संघका बरिष्ट्र उपअध्यक्ष जुद्ध बहादुर कुवरले अग्नीपीडित बेलबासेको घरमै पुगेर राहत स्वरुप ५ हजार रुपैया नगद प्रदान गरेका हुन।

Leave A Reply

Your email address will not be published.