फलफुल बोक्ने मिनी ट्रक दुर्घटना

0

कामना डेली,५ मंसिर – एकाबिहानै प्युठानमा फलफुल बोक्ने मिनी ट्रक दुर्घटना भएको छ। दुर्घट्नामा १ जना गम्भिर घाईते भएका छन।
बडडाँडा – दर्भान सडकखण्ड अन्तर्गत पाकुरी खोला भन्ने ठाँउमा रा १ ख ९३७ नं को मिनि ट्रक दुर्घटना हुंदा सोही ट्रकका चालक रोल्पा नगरपालिका १० बस्ने बर्ष २१ का प्रदिप महरा गम्भीर घाईते भएको प्रहरीले बताएको छ।ट्रक सडकबाट करिब ३ सय मिटर तल खसेको छ। सहचालकका अनुसार गाडीको ब्रेक फेल भएर पछाडी हुदै गाडी खसेको थियो।

घटना बिहान करिव ५:३० बजे भएको थियो। सिकिस्त घाइते गाडी चालकलाइ एम्बुलेन्सद्वारा अस्पताल पठाइएको छ।

Leave A Reply

Your email address will not be published.