नवलपरासीमा बस दुर्घट्ना, २ जनाको मृत्यु ४१ घाइते ।

0

जीवन न्यौपानेमंसिर ०५, नवलपरासी ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी जिल्लाको सुनवल ११ बडेरा स्थित धनगढिबाट काकडभित्ता जादै गरेको ना ५ ख १०९६ नम्वरको रात्री बस बुधवार बिहान २ः१५ बजे दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४१ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा कञ्चनपुर जिल्ला घर भएका वर्ष ३३ का नेपाली सेनाका जवान लोकेन्द्रबहादुर कार्कीको मृत्यु भएको हो भने अर्का मृतक अन्दाजी वर्ष ३५÷४० का पुरुषको नाम खुल्न सकेको छैन । त्यस्तै अन्य सामान्य तथा मध्यम घाइते भएकाहरुको बुटवल स्थित जेनस अस्पताल र लुम्विनी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।सडक किनारबाट करीव २० मिटर तल खसेको बस के कति कारणले दुर्घटना भएको हो भन्ने एकिन नभैसकेको इलाका प्रहरी कार्यालय सुनवलले वताएको छ ।बिस्तृत बिबरण आउन बांकी छ।

Leave A Reply

Your email address will not be published.