रुपन्देहीमा कार र मोटरसाइकल ठोकिदा २ जनाको ज्यान गयो

0

शिवु खनाल

दाङ, ५ मंसिर

रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल ठोकिदा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत सैनामैना सोरौली स्थित बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बरको हाइलक्स कार र विपरीत दिशातर्फ बाट जाँदै गरेको से४प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंम्बर ८ बस्ने तिलक सुनार रहेको ईलाका प्रहरी कार्यालय रन्यौराले जानकारी दिएको छ । यस्तै अर्का एक एकजनाको पहिचान खुलेको छैन, कार सडकबाट तल खसेको छ ।।

Leave A Reply

Your email address will not be published.