बस दुर्घटनामा २ जना घाइते

0

५ मंसिर,२०७५ कपिलवस्तु

कपिलवस्तुको चन्द्रौटा कृष्णनगर सडकखण्डमा वुधवार भएको वस दुर्घटनामा २ जना घाईते भएका छन । कृष्णनगर वाट चन्द्रौटा आउदैँ गरेको भे १ ख १८८७ नम्वरको वस पल्टीदा सो दुर्घटना भएको हो । घाइते हुनेमा वसमा सवार शिवराज नगरपालिका ७ डेहवा वस्ने ३५ वर्षिय लक्ष्मी जयसवाल र सभोवती यादव घाइते भएको प्रहरीले जनाएको छ ।दुर्घटना पछी चालक र सहचालक फरार रहेकोले खोजी कार्य भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

((

Leave A Reply

Your email address will not be published.