बर्दियामा बस दुर्घटना एकको मृत्यु, १८ जना घाइते

0

शिवु खनाल
दाङ, ६ मंसिर
हुलाकी राजमार्गमा पर्ने बर्दियाको गुलरिया नगरपालिका –१, खैरापुरमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् । ना ३ ख ८५५४ नं.को बस अनियन्त्रित भई दुर्घटना हुँदा बर्दिया बाँसगढी नगरपालिका माछागढका ४५ वर्षीय कर्णबहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये ११ जनाको जिल्ला अस्पताल गुलरियामा उपचार भैरहेको छ ।७ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । बर्दियाको सदरमुकाम गुलरियाबाट गेरुवा गाउँपालिकाका लागि छुटेको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।।

Leave A Reply

Your email address will not be published.