सप्तरीमा बस दुर्घटना कम्तीमा ५ को मृत्यु, २२ यात्रु घाइते

0

शनिबार, मंसिर ८, २०७५

काठमाडौं । सप्तरीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । को १ ख २७९९ नम्बरको तीर्थयात्री बोकेको बस सप्तरीको हनुमाननगरस्थित इनरुवामा दुर्घटना भएको हो । दुर्घटनामा कम्तीमा पनि २२ जना यात्रु घाइते भएका छन् ।

सुनसरीको बरहाक्षेत्र धामस्थित सप्तकोसी नदीमा स्नान गरेर फर्किरहेका तीर्थयात्री सवार बस दुर्घटनामा परेको हो । यो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

मृत्यु हुनेहरूमा डाक्नेसोरी-५ की ७० वर्षीया बेचनी देवी यादव, ६० वर्षीया सिकिल देवी साह, दिनेश रजक, उनकी पत्नी र भुखानी देवी यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएकाहरू ६ जनालार्इ उपचारका लागि जिल्लाबाट बाहिर रेफर गरिएको छ ।

Leave A Reply

Your email address will not be published.