माधव खनाल
मंसिर–०८,सन्धिखर्क
राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बि.सी.ले आफुहरुले संघियता खारेजीको आन्दोलन गर्दा खिल्ली उडाउनेहरु नै अहिले संघियताबाट दिक्क भइसकेको दाबी गर्नुभएको छ ।“हिजो भारतिय डिजाइनमा ल्याएको संघियताले नेपाल र नेपालीमा बिखण्डन ल्याउंछ भन्दा हामीलाई खिल्ली उडाउनेहरु अहिले संघियताको सुरुवाती नतिजाबाटै अघाइसकेका छन्”नेता बि.सी.ले भन्नुभयो, “सबै देशभक्त जनता एक जुट भएर संघियता खारेज नगरे कालान्तरमा पहाड र तराइलाई टुक्राएर नेपाललाई भारतमा गाभ्ने भारतिय एजेन्टहरुको योजना सफल हुनेछ ।” कर बृद्धि,महङ्गी र भ्रष्टचारको विरोध,गणतन्त्र राष्ट्रियता धर्म निरपेक्षताको रक्षा र संघियताको खारेजी भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा छत्रदेव गाउंपालिकाले चिदिकाको केवलीपोखरामा सम्पन्न गरेको जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहांले यस्तो बताउनुभएको हो । नेता बि.सी.ले मुलुकमा संघियता टिके नेपाल रहन नसक्ने जिकिर समेत गर्नुभएको छ । नेत्र गैरेको अध्यक्षता,गोकर्ण कुमालको स्वागत मन्तव्य र गणेश पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.,उपाध्यक्ष गोपाल पौडेल,सचिव बाबुराम सुनार, नेता कमल भुसाल,पशुपति ढकाल,राजमो गुल्मीका नेता हरी न्यौपाने,अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवर,अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य कल्पना पोख्रेल लगायतका बक्ताहरुले सम्बोधन गर्दै नेपाली जनता कसैको दास र गुलामी नभएको भन्दै मुलुकको बाग्डोर समाल्नेहरूले विदेशीको चाकडी गरेकोमा आफूहरु चिन्तित भएको बताउनु भएको छ । आर्थिक उन्नतिका पूर्वाधारहरूको विकासमा व्यक्ति र पार्टी गत स्वार्थ भन्दा माथी उठेर काम गर्न सरोकारवालालाई उहांहरुको सुझाव रहेको छ ।अर्घाखाँची सहित छिमेकी जिल्ला गुल्मीबाट समेत सयौंको संख्यामा दर्शकहरुको सहभागिता रहेको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्र तथा जिल्ला कलाकारहरूले विविध जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरि भरपुर मनोरन्जन प्रदान गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Next Post