तरकारी खेतीबाट टर्छ गर्जो

0

सागर रिजाल,प्यूठान

प्यूठान नगरपालिका–६ माझकोटकी तनी घर्तीको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ ।
। मौसमी तथा बेमौसमी तरकारी खेतीले राम्रै आम्दानी दिन थालेपछि उनको जीवनस्तर ह्वात्तै उक्सीएको हो ।
उत्पादीत तरकारी वाग्दुला वजार केन्द्रमा रहेको संकलन केन्द्रमा विक्रि गर्दै आएका छन् । “तरकारी खरिदका लागि घरमै गाडी आउँछ” घर्तिले भनिन, “पहिलेपहिले डोको मै बोकेर विक्रिका लागि बजारमा पुग्थ्यौं ।” तरकारी खेतीवाट एकै सिजनमा एक लाख देखी डेढ लाख सम्म आम्दानी गर्दै आएको उनले बताईन । वर्षे सिजनमा १५ सय क्वीन्टल काक्रो मात्रै विक्रि गरेको उनको भनाई छ । “गत दुई महिनामा काक्रो संगै वर्षे तरकारी विक्रिवाट झण्डै ७० हजार आम्दानी भयो” घर्तिले भनिन “दुई रोपनी जग्गामा लगाएको वन्दा र फूलगोपी विक्रिका लागि तयार हुदै छ ।”घर्ति संगै उनका श्रीमान चन्द्रबहादुर दैनिक तरकारी खेतीमै व्यस्त रहन्छन् । कमाई गर्न भारत जाने चलन पहिलै देखि भए पनि श्रीमानलाई तरकारीखेती कै भरले कहिल्यै भारत जान नपरेको उनले बताईन । तरकारी खेतीकै आम्दानीवाट काठमाण्डौं पढाउन पठाएको एक छोरा भारतीय सैनिकमा भर्ति हुन सफल भएको उनले सुनाईन।

तरकारी खेतीको भरमा १० जनाको परिवार

घर्तिले तरकारी खेति गरेरै दस जनाको जहान पाल्दै आएकी छिन् । सिजन अनुसार मौसमी तथा बेमौसमी तरकारी खेती रोप्ने गरेको उनले बताईन् । ‘दश जनाको परिवार तरकारी खेतीबाटै धानेकी छु ।उनले भनिन् । दूइ छोरालाई तरकारीकै आम्दानीले काठमाण्डौंमा पढाएकी छु ।’ छ बहिनी छोरी सवै घरघर गए । दुइभाई छोरा काठमाण्डौमा पढ्छन् । तरकारी वेचेको पैसाले पढाई खर्च पु¥याएका छौं ।
गाउँकै अस्मीता बोहोरा पनि व्यवसायिक तरकारी खेती गर्छिन।उनले २ वर्ष यता तरकारी खेती थालेको बताईन । “तरकारी खेतीले राम्रै प्रतिफल दिएको छ” उनले भनिन्, “थप जग्गामा पनि तरकारी खेती गर्ने योजनामा छु ।” अन्य अन्नवाली भन्दा तरकारी खेतीवाट फाईदा भएको उनले सुनाईन । गाउँका झण्डै २ सय वढी किसान तरकारी खेतीवाटै जिविका धान्दै आएको वार्ड अध्यक्ष कमानसिंह पुन बताउँछन् । “व्यवसायिक तरकारी खेती गर्ने कृषकको संखया वढ्दै गएको छ”, पुनले भने । मानागाँउ, गुरुङगाउँ जुम्लीधार लगाएत क्षेत्र तरकारी खेतीका लागि अम्बल रहेको उनले बताए ।
उचो भागमा रहेका कारण यहाँ सिंचाईका लागी निकै समस्या रहेको किसानको गुनासो छ । “सिंचाईका लागि आकाशे पानीकै भर पर्नु पर्छ” स्थानीय विष्णु वहादुर केसीले भने, “खानेपानीकै समस्या छ सिंचाईत ठूलै कुरा भयो ।” सिंचाई सुविधा नहुँदा कृषकहरुले प्रयाप्त उत्पादन दिन नसकेको उनले सुनाए । मौसमी बेमौसमी तरकारी खेती संगै टमाटर उत्पादनमा समेत यो गाउँ अव्वल छ । यहाँको गुरुङ्गगाउँ जिल्लाकै टमाटर उत्पादनको मुख्य केन्द्र मानिन्छ । तर,सिंचाई सुविधा नहुँदा वेमौसमी उत्पादन दिन समस्या रहेको किसानको गुनासो छ । तरकारी खेतीवाट राम्रो आम्दानी लिनथालेपछि यहाँका अधिकांश स्थानीय तरकारीखेतीमा आकर्षीत हुदै आएका छन् ।।

Leave A Reply

Your email address will not be published.