सरङकोटबासीलाई सधै खानेपानीको चिन्ता, १ गाग्री पानी लिन ४ घण्टा।
सागर रिजाल
प्युठान,८ मंसिर
धारामा पानी लिन आउनेहरुको बिहानै देखि भीडँ हुन्छ । स्थानीयको दैनिकी पानीको जोहोमै बित्छ । घरायसी काममा लाग्नुपर्ने महिलाको पानीको पालो कुर्दैमा बिहान बित्छ । बिद्यार्थी पनि पानीकै जोहोमा लाग्नुपर्दा समय मै पढन जान भ्याउँदैनन् । पानीको मेसो मिलाउन बिहानभर धारामा लाईन लाग्नुपर्दा कहिलेकाही उनिहरुको स्कुल समेत छुट्छ। गाउमा खानेपानीको अभाव बढ्दै गएको स्थानियहरु बताउँछन् । गाउमा खानेपानीको ठूलो समस्या छ । स्थानीय देवकला सुनारले भनिन,–‘आफनो पालो कुर्दा कुर्दै एक बिहान बित्छ । ‘धारामा पानी सानो आउँछ, पानी भर्दाभर्दै धारा सुक्छ । ’ । पानी उपयोग गर्ने जनशक्ति वढी छ ,धारामा प्रयाप्त पानी न आउने समस्याका कारण यहाँ पानीको जोहो गर्न निकै समस्या छ ।
मल्लरानी गाउँपालिका–५ सरङकोट, जोरपोखरी, छेडापोखरा, दर्भाने तथा ऐरावती गाउँपालिकाको सिंधुरेडाँडाका करिब पचास घरधुरीले यही पानी उपभोग गर्दै आएको स्थानीय भुमीसुधार आधारभूत बिद्यालयका व्यवस्थापन समिती अध्यक्ष दान बहादुर बुढाथोकीले बताए । यहाँका स्थानीयले बिहान भरेको पानीले भालीखेर बिहान सम्म काम चलाउनुपर्छ । बुढाथोकीले भने,–‘ पानी भर्ने त बिहान मात्र हो, साझमा धारामा पानी नै आउँदैन । नुहाउनुपरे स्थानीयलाइ दुइ घण्टा हिडेर झिमरुक खोला झर्नैपर्ने बाध्यता छ ।
भुकम्पले सुकायो मुल
०७२ सालको भुकम्पले जमिन थर्काएपछि झन पानीको मुहान सुक्दै गएको स्थानियहरु बताउछन् ।भुकम्प गएको पनि ४ वर्ष भयो , मुलुकमा स्थानिय तहको निर्वाचन भई गाउँगाउँमा सिंह दरवारको अधिकार गाउँ गाउँमा आएको भनिएता पनि सरङ्गकोट बासीको यो समस्या देख्दा जो कसैलाई पनि सिंह दरवारको अधिकार कहाँ गयो कहाँ भन्ने अनुभुति हुन्छ । पानी खानका लागि निकै सास्ती भोगेको बताउँदै स्थानिय गोपिलाल सुनार भन्दछन मुल सुके पछि ४ घण्टा हिंडेर झिमरुक खोलाको बगेको पानी लिएर खाएका छौ हाम्रो दुःख बुझ्ने कोहि भएन ।
स्थानीय सरकारले नहेरेको स्थानियको गुनासो
स्थानिय सरकारले खानेपानी उपलब्ध गराउनको लागि केहि सहयोग नगरेको स्थानियको गुनासो रहेको छ । केही दिन अगाडि ४ वटै बस्तीका १० जना संयुक्तसमुह जिल्ला प्रशासनमा डेलिगेशन समेत गएको र प्रमुख जिल्ला अधिकारीले बद्रीनाथ गैह्रेले सक्दो प्रयास गर्ने आस्वासन दिएको स्थानियहरु बताउछन् ।
खानेपानीको मुल हेर्न गाउापालिकाका अध्यक्ष सरङकोटमा पुगेको स्थानिय किरण पन्थीले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष अमरध्वज राना मगरले यस क्षेत्रमा खानेपानीको सुविधा पु¥याउनका लागि गाउँपालिकाले नसक्ने बताए । उनले भने,–‘प्रदेश सरकार संग यसको माग गर्ने छ । ’ यस क्षेत्रमा खानेपानीके मुल नभएकाले लिफ्ट योजना मार्फत खानेपानी लिन बजेट वढी लाग्ने गाउँपालिकाका अध्यक्ष अमरध्वज राना मगरले बताए । उनले भने,‘यस क्षेत्रमा खानेपानीको सेवा पु¥याउन प्रदेश सरकार संग माग गरेका छौँ । ’