अपाङ्गता भएका व्यक्तिलाई बुटिक तालीम
माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा मंसिर ८
कपिलवस्तु शिवराज नगर स्तरीय अपाङ्गता पुनः स्थापना समितिको आयोजनामा चन्द्रौटामा बुटिक तालिम सुरु भएको छ । विभेद रहित समाजको परिकल्पना भन्ने नारासहित आायोजित तालिमको प्रदेश सभा सदस्य अर्जुन केसीले उद्धघाटन गर्नुभएको छ ।
विदेसमा देश कै उच्च अधिकारीहरु अंपाग भएका व्यक्तिहरु रहेको उल्लेख गर्दै प्रमुख अतिथि केसिले मनोवल कमजोर नगराउन आग्रह गर्नुभएको छ ।अवसरका अभावले गर्दा पछाडि परेको केसिले जनाए । शिवराज नगरपालिकाले पनि नगरका अपाङ्गता भएका व्यक्तिलाई एक जुट गराएर आत्मनिर्भर बनाउन पहल गर्नुपर्ने वताए । उनले भने बुटिक बनाउने तालिमले आत्भनिर्भर बनाउने छ तालिम अवधि मात्र होइन यस तालिम पछि व्याभारमा उर्तान सकेमा मात्र तालिमले सार्थकता पाउने छ ।प्रदेश स्तरमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई धेरै कार्यक्रमहरु रहेकोले कपिलवस्तु जिल्ला सगै प्रदेशमै यस्ता आयआर्जन गर्न सकिने तालिम आयोजन ागर्न पहल गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले तालिमलाई व्याभारमा उर्तान प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभएको छ । नगरपालिकाले गत वर्ष पनि कार्यक्रम राखेको र यस वर्ष पनि कार्यक्रम राखेको जनाउदै तालिम पछि सो आर्यआर्जनको स्रोत बनाउनुपर्नेमा जोड दिनुभयो ।
अपाङ्ग महासंघ पश्चिमाञ्चल पुर्व अध्यक्ष कल्पना ढकालले देसमा १० प्रकारका अपाङ्गता भएका व्याक्तिहरुको वर्गिकरण गरेको वताउनुभयो । समाज परिर्वतन आफै वाट सुरुवात गर्नुपर्ने जनाउदै तालिम संचालन गरेकोमा प्रशंसा गर्नुभयो ।किडार्क नेपालका जिल्ला कार्यक्रम संयोजक हरी प्रसाद लौडारी,राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापती विष्ण प्रसाद खतिवडा,सामाजिक विकास मञ्च उपाध्यक्ष विष्णु प्रसाद अधिकारी,जेसिस शिवराज अध्यक्ष सरोज पौडेल,शिवराज नगरपालिका कानुनि सल्लाहाकार सरद अधिकारीले २ महिने तालिम प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
किर्डक नेपाल,शिवराज नगरपालिका को सहयोगमा आयोजित उक्त तालिममा नगर स्तरीय अपाङ्गता पुनः स्थापना समितिका अध्यक्ष दिपक खड्का अध्यक्ष, प्रदेश सभा सदस्य अर्जुन केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।